२३ जेठ २०८३, शनिबार

यी रोचक तथ्य जसका बारेमा तपाईंले नसोच्नुभएको हुन सक्छ

कात्तिक २०, २०७४
यी रोचक तथ्य जसका बारेमा तपाईंले नसोच्नुभएको हुन सक्छ
 मानिसको दिमागले जहिले पनि अचम्मको कुरा खोजिरहेको हुन्छ । सामान्यमा कसैको ध्यान जाँदैन, असामान्यलाई सबैले रुचाउँछन् । तपाईं आफू वरिपरि रहेका वस्तुका बारेमा जान्दछु भन्ने ठान्नुहुन्छ तर तिनमा लुकेका आश्चर्यजनक तथ्यलाई शायद तपाईं जान्नुहुन्न ।

यस्ता केही रोचक तथ्यका बारेमा आज हामी तपाईंलाई बताउँदैछौं ।


१ मान्छे मरेको केही दिनमै शरीरका लाभदायक ब्याक्टेरिया दुश्मन बन्न पुग्छन् । मान्छेले जे खाएपनि शरीरको इन्जाइमले पचाउने हो । तर शरीरबाट प्राण फुत्केपछि त्यही इन्जाइमले शरीरलाई खान थाल्छ । मृत्युपछि शरीरमा अक्सिजन जान पाउँदैन र यही कारण इन्जाइमहरूले कोषिका र मेम्ब्रेनलाई खान थाल्छन् । यो प्रक्रियाका कारण बनेका ग्यासहरूले गर्दा आँखा बाहिर निस्कन थाल्छ । यसलाई सुस्त बनाउनका लागि विशेष लेप लगाइन्छ । प्राचीन इजिप्टमा मम्मीहरूलाई लामो समयसम्म राख्नका लागि यस्तो लेप लगाइन्छ ।


२ केही चल्ला आधा कुखुरो अनि आधी कुखुरीका रूपमा जन्मिन्छन् । वैज्ञानिकहरूले अनुसन्धानमा के पाए भने दश हजारमा एक चल्ला आधा कुखुरा र आधा कुखुरीका रूपमा जन्मिन्छन् । यस्ता चल्लामा देब्रे भाग कुखुराजस्तो अनि दाहिने भाग कुखुरीजस्तो हुन्छ । यसलाई अध्ययन गर्दा पनि मानिसहरूका बारेमा धेरै कुरा थाहा हुन्छ ।


३ अक्सफोर्ड डिक्सनरीको ठूलो भाग एक हत्याराले लेखेका थिए । विलियम चेस्टर माइनर नामक व्यक्तिलाई अक्सफोर्ड डिक्सनरी लेखेको श्रेय दिइन्छ । माइनर अमेरिकी सर्जन थिए र उनले अमेरिकाको गृहयुद्धमा सेनाको चिकित्सक भएर काम गरेका थिए । धेरै रगत देखेर उनको दिमागमा नराम्रो असर प-यो र उनले नजानिकनै एक व्यक्तिको हत्या गरिदिए । अदालतमा उसको मुद्दामाथि सुनुवाइ हुँदा युद्धको हालतका कारण उनबाट अपराध हुन गएको तर्क दिएर उनले सजाय नदिन अनुरोध गरे । त्यसपछि उसलाई मानसिक अस्पताल लगियो । त्यहाँ उसलाई किताब पढ्न दिइन्थ्यो । पछि अक्सफोर्ड डिक्सनरीका लागि स्वयंसेवक चाहिएको थाहा पाएपछि उसले पनि आफ्नो नाम लेखाए । अनि उसले डिक्सनरी लेख्नलाई बाँकी जिन्दगी लगाए ।


४ स्विट्जरल्यान्डको बर्न शहरमा एउटा अचम्मको मूर्ति छ । मूर्ति बच्चा खाने मान्छेको हो । उसका हातमा बच्चाहरू छन् र एक बच्चाको आधी शरीर उसको मुखमा छ । स्विट्जरल्यान्डको यो पहिलो फाउन्टेन स्ट्याचु हो । कोही यो मानिसलाई ग्रिसेली मिथका एक देवता टाइटन मान्छन् जसले आफ्नो गद्दी बचाउनका लागि आफ्नै बच्चाहरूलाई मारेर खाएको थियो । कोही भन्छन्, यो मान्छेले लगाएको टोपी कुनै समय यहुदीहरूले लगाउँथे र इसाईहरू आफ्नो कर्मकाण्डका लागि बच्चा उठाएर लग्थे । कोही अन्य चाहिँ यो किन्ड्लीफ्रेसर बाबा हुन्, आमाबुवाले छोराछोरीलाई तर्साउनका लागि उनको नाम लिन्छन् ।


५ यो बिरुवा खाएपछि मरेका मान्छे पनि हाँस्छन् । इटालीनजिकैको एक द्वीपमा बस्ने आदिवासीहरूले आफ्नो शत्रुलाई मार्नुअघि हेमलक वाटर ड्रपवोर्ट नामक बिरुवाको रस पिलाउँछन् । यो पिएपछि मरेका मान्छेहरूको अनुहारमा हाँसो छाउँछ ।


६ अस्ट्रेलियामा एक महिलाले आफ्नो श्रीमानलाई गोहीका कारण डिभोर्स दिइन् । ती महिला ओछ्यानमा गोही राखेर सुत्न मन पराउँथिन् भने पतिलाई यसबाट समस्या हुन्थ्यो । पतिले गोही र आफूबीच छान्नू भनेपछि महिलाले गोही छानिन् । गोहीले आफ्नो हेरचाह गर्न सक्दैन, पति त आफूलाई हेरचाह गर्न सकिहाल्छ नि भन्ने उनको तर्क थियो ।


७ हाम्रो रगत चुसेपछि लामखुट्टेले हामीमाथि मुत्छन् । रगत चुसेपछि लामखुट्टेको शरीर भारी हुन जान्छ र उड्न गाह्रो हुन्छ । शरीरको तरल पदार्थ झारेपछि मात्र उड्न सक्छ । रगतमा भएको नून फाल्न पनि मुत्ने गर्छ लामखुट्टेले ।


८ बिरालोको आची खाने मुसालाई उससँग प्रेम बस्छ । बिरालोको शरीरमा एक परजीवी हुन्छ । त्यसलाई खाएपछि मुसोलाई ठूला जनावरसँग डर लाग्छ तर बिरालोसँग भने डर लाग्छ । बिरालोको मूत्र सुँघ्दा मुसालाई उसप्रति सेक्सुअल फीलिङ आउँछ । बिरालोमा भएको परजीवीले यो सब गराउने हो ।

९ प्रशान्त महासागरको एक द्वीपमा बस्ने मानिसलाई अचम्मको बिरामी छ । कलर ब्लाइन्डनेसका कारण उनीहरू कालो र सेतो मात्र देख्छन् । हुन त यसबाट मुक्ति पाउन उनीहरू एउटा बुटी खान्छन् तर खाएको एकछिनसम्म मात्र असर हुन्छ । यो बुटी यही क्षेत्रमा मात्र पाइन्छ ।

१० सन् १९९७ मा मेक्सिकोको आकाशबाट भ्यागुता बर्सिए । एउटा तुफानका कारण तलाउमा रहेका भ्यागुता हावामा सोहोरिए अनि शहरमा बर्सिए । पहिला त मान्छेले कुनै दैवी घटना हो कि भन्ठाने तर पछि सबैलाई यसको बानी लाग्यो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्