११ असार २०८३, बिहीबार

साढे २ किलो सुनसहित पक्राउ

माघ १४, २०७६
साढे २ किलो सुनसहित पक्राउ

रसुवागढी नाकाबाट साढे २ किलो सुनसहित ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका ५ का नपाङनुर्पु तामाङ, ग्याल्जेन शेर्पा, सुप्पा लामा, सुवास तामाङ र साङा शेर्पा र दोलखा तामाकोशी गाउँपालिका ५ का तुलानारायण श्रेष्ठ रहेको प्रहरी नायब उपरीक्षक इन्द्र प्रसाद सुवेदीले बताए । 

ना १ ज ३५ ४२ नम्बरको टाटा सुमोबाट सुन बरामद भएको हो । उनीहरू रसुवागढीनजिकैको घट्टेखोलाबाट काठमाडौं जाँदै गरेका थिए । कान्तिपुर दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्