२५ असार २०८३, बिहीबार

शिक्षकले कुट्दा विद्यार्थीको हात भाँच्चियो, शिक्षक पक्राउ

माघ १४, २०७६
शिक्षकले कुट्दा विद्यार्थीको हात भाँच्चियो, शिक्षक पक्राउ

सिराहाको मिर्चैयास्थित स्वस्तिक पाठशालामा अध्ययनरत विद्यार्थीलाई गृहकार्य नगरेको भन्दै कुटपिट गर्ने शिक्षक तारा कार्की पक्राउ परेका छन् । 

उनले सिराहा नगरपालिका २ का कक्षा ६ मा अध्ययनरत १२ वर्षीय रितिक यादवलाई गृहकार्य नगरेको भन्दै कुटपिट गर्दा बाँ हात भाँच्चिएको थियो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी इन्चार्ज डिएसपी सन्तु जैसवालले कुटपिट गर्ने शिक्षकलाई पक्राउ गरी हिरासतमा राखिएको र अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताए । नयाँ पत्रिकामा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्