०४ असार २०८३, बिहीबार

संसदमा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीको तयारी

संसदमा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीको तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार संसदमा सम्बोधन गर्ने भएका छन् ।

प्रतिनिधि सभाको हिउँदे अधिवेशन तथा नवनिर्वाचित सभामुखलाई बधाई दिन प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले अन्य समसामयिक विषयमा पनि सम्बोधन गर्ने तयारी गरेको नेकपा स्रोतले जनाएको छ ।

मंगलवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले मंगलवारको बैठकमा सबै दलका शीर्ष नेताले सभामुखलाई बधाई दिने कार्यक्रम छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ ।

पुस ४ गते संसदको हिउँदे अधिवेशन शुरू भएयता नेताहरूले संसदमा बोलेका छैनन् । आइतवारको बैठकले अग्नि सापकोटालाई सभामुख निर्वाचित गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्