गायक शिरीष देवकोटा र देवी घर्ती मगरको 'चौतारी' बोलको रोइला गीत सार्वजनिक भएको छ ।
मंगलवार गुरुआमा फिल्मस्को यूट्युब च्यानलमार्फत 'चौतारी' गीत सार्वजनिक गरिएको हो ।
गीतको संगीत तथा शब्द संकलन पनि देवकोटाले नै गरेका हुन् ।
स्मृति तिमल्सिना 'गुरुआमा'को निर्देशनबा बनेको भिडियोमा विश्व कीर्तिमानी डान्सर बन्दना नेपाल, तेजेन्द्र गौतम र चेतन अर्याललगायतको अभिनय रहेको छ ।
लगातार १२६ घण्टा नाचेर बन्दनाले गत वर्ष विश्व कीर्तिमान कायम गरेकी थिइन् । यो नेपालको पहिलो म्युजिक भिडियो हो ।
सुरेश श्रेष्ठले खिचेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन् ।
भिडियो हेर्नुहोस् :