२६ जेठ २०८३, मंगलबार

साल्ट ट्रेडिङले फेब्रुअरीमा ‘आयोडिन मन्थ’ मनाउँदै

साल्ट ट्रेडिङले फेब्रुअरीमा ‘आयोडिन मन्थ’ मनाउँदै
फाइल फोटो

साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडले सन् २०२० फेब्रुअरी महिनामा ‘आयोडिन मन्थ’ मनाउने भएको छ ।

ट्रेडिङले प्रेस विज्ञप्ति जारी गर्दै आगामी अंग्रेजी महिनालाई आयोडिन मन्थका रुपमा मनाउने घोषणा गरेको हो ।

विज्ञप्ति अनुसार महिनाभर आयोडिनको कमीले हुने विकृतिहरू सम्बन्धी जनचेतना जगाउने सम्बन्धी कार्यक्रम गरिने छन् । देशभर २१ क्षेत्रमा कार्यक्रम गरिने छन् । जसमा स्कूलमा एडभोकेसी, हाटबजारमा माइकिङ, अस्पताल, जनस्वास्थ्य चौकीहरूमा कार्यक्रम, तुल ब्यानर, र्‍याली, एफएम कार्यक्रम गरिने जनाइएको छ ।

ट्रेडिङका अनुसार दिपायल, डडेल्धुरा, महेन्द्रनगर, टीकापुर, धनगढी, नेपालगञ्ज, सुर्खेत, दाङ, कृष्णनगर, भैरहवा, पोखरा, बाग्लुङ, नारायणगढ, बनेपा, हेटौंडा, वीरगञ्ज, जनकपुर, राजविराज, लहान, विराटनगर र बिर्तामोड जनचेतनामूलक कार्यक्रम गरिने छन् ।

‘१ महिनासम्म आयोजना गरिने कार्यक्रमहरूमा कर्पाेरेसनले नेपाल सरकारको जनस्वास्थ्यसँग सम्बन्धित निकायहरूका साथै विद्यालय, समुदाय एवं गैरसरकारी संघसंस्था, स्थानीय निकाय लगायत नागरिक समाजका व्यक्ति एवं संस्थासँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिनेछ,’ विज्ञप्तिमा लेखिएको छ, ‘आयोडिनको कमीबाट हुने शारीरिक एवं मानसिक कमजोरीका सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरूबाट जानकारी दिन शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायलाई क्रमशः स्वास्थ्य चौकीहरूमा कार्यक्रम, विद्यालयमा कार्यक्रम, हाटबजारमा माइकिङ, जादु प्रदर्शन, चेतनामूलक सामग्री विवरण, प्रदर्शनी कक्ष  (स्टल) राख्ने जस्ता गतिविधि महिनाभर सञ्चालन गरिनेछन् ।’

सरकारले विगत ५६ वर्षदेखि ट्रडिङलाई आयोडिनयुक्त नूनको आधिकारिक बिक्रेताको जिम्मेवारी दिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्