
हिन्दी फिल्महरूमा वर्षौंसम्म प्रेमकथा नै बताइने गरिएको छ । फिल्मको कथा अन्त्य हुँदासम्म हिरोले हिरोइनलाई पाउँछ ।
बीचमा भिलेन आइलाग्छ वा युवतीका पिता दुश्मन बन्छन् ।
मुगल–ए–आजममा शहंशाह अकबरले अनारकली र सलीमको प्रेममा निकै अवरोध गरे । तर हिरो हिरोइनले रुख वरिपरि गी गाएको र प्रेम गरेको देखियो ।
तर आजकल मायाप्रेममा देखि छोड्यो हिन्दी फिल्महरूमा ।
सन् २०१९ मा आएका फिल्महरूलाई ध्यान दिनुस् । सुपरहिट फिल्मको कुरा गर्दा उरी युद्धसम्बन्धी फिल्म थियो । हृत्तिक रोशनको फिल्म वारको त शीर्षकबाटै थाहा हुन्छ, फिल्मको मुख्य कथा के हो भने ।
यी फिल्महरूमा मायाप्रेम पटक्कै थिएन भन्ने हैन । तर कथाको प्लट अर्कै थियो र मायाप्रेम गौण थियो । मानिसहरूलाई सिनेमाघरमा ल्याउन अब प्रेम मात्र पर्याप्त छैन ।
हृत्तिक रोशनकै सुपर ३०, अक्षय कुमारको मिसन मंगल, जोन अब्राहमको बाटला हाउस, रानी मुखर्जीको मर्दानी र आयुष्मान खुरानाको आर्टिकल १५ । यी फिल्मका पोस्टरमा नायक वा नायिका गायब थिए ।
यसको एउटा कारण भनेको दक्षिण भारतीइ फिल्मको रिमेक हिन्दीमा बन्नु पनि हो । ती फिल्महरूमा याक्सन भरपूर हुन्थे । अनि आजकल मानिसहरूको जीवनलाई ठूलो पर्दामा देखाउन थालिएको पनि अर्को कारण हो ।
विगत केही वर्षमा भाग मिल्खा भाग, मेरी कोम, डर्टी पिक्चर र सञ्जू जस्ता बायोपिक सफल भए ।
सन् २०२० मा आएका दीपिका पादुकोणको छपाक, कंगना रनावतको पंगा र आउन लागेको आमिर खानको लाल सिंह चड्ढाका पोस्टरमा मायाप्रेम भेटिन्न ।
यी फिल्महरूमा सामान्य मानिसका कथाले उनीहरूको व्यक्तित्वको बयान गरेका छन् ।
रणवीर सिंहको ८३ भारतले सन् १९८३ मा क्रिकेट विश्वकप जितेको घटनामा आधारित छ भने कंगनाको थलाइवा जयललिताको जीवनीमा आधारित छ ।
हिन्दी फिल्मबाट मायाप्रेम हराएको यो पहिलो अवसर हैन ।
सन् १९७० र १९८० को दशकमा अमिताभ बच्चनको एंग्री योङ म्यान अवतार देखियो । उनका फिल्महरू कालिया, जञ्जीर र त्रिशूलमा प्रेमको कथा त थियो तर त्यो साइड ट्य्राकमा थियो ।
८० को दशक सकिएपछि हिन्दी फिल्म फेरि मायाप्रेमतिर लाग्यो ।
दर्शकहरूले हम आपके हैं कौन, दिलवाले दुल्हनियाँ ले जाएँगे, दिल तो पागल है र कुछ कुछ होता है जस्ता फिल्म एकदमै मन पराए ।
सन् २००० र २०१० को दशकमा चाहिँ याक्सन र देशभक्तिपूर्ण फिल्महरूको लहर आयो । सलमान खानको दबंग, रोहित शेट्टी निर्देशित सिंघम र अक्षय कुमारले देशभक्तिको कथा भएका अनेकौं फिल्महरू ल्याए ।
त्यो क्रम अहिलेसम्म जारी छ । हिन्दी फिल्महरूमा एक्सन कहिलेसम्म देखिने हो भन्ने कुरा दर्शकहरूको मूडमा भर पर्छ । दर्शकहरूको रुचि निरन्तर परिवर्तन भइरहन्छ ।
बीबीसी हिन्दीबाट