०५ साउन २०८३, मंगलबार

अदालतले रिहाको आदेश दिए लगत्तै गेटबाट पक्राउ परे विप्लव समूहका २ नेता

अदालतले रिहाको आदेश दिए लगत्तै गेटबाट पक्राउ परे विप्लव समूहका २ नेता

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहका दुई नेता उच्च अदालत बुटवलको गेटबाटै पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय बुटवलले विप्लव समूहका नेताद्वय बालकृष्ण शर्मा र प्रदीपबहादुर वलीलाई पक्राउ गरेको हो ।

अदालतले शर्मा र वलीलाई रिहाको आदेश दिए पनि प्रहरीले अदालतको गेटबाटै पुनः पक्राउ गरेको हो। 

गत असोज २९ गते दाङ बाट पक्राउ परेका २१ जना विप्लव मध्ये २ जना शर्मा र वलीलाई माघ ८ गते जिल्ला अदालत दाङले धरौटीमा रिहा गरे पनि तत्कालै उनलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका शर्मा र वलीलाई ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

शर्मा र वलीलाई नवलपरासीमा प्रहरीलाई अभद्र ब्यवहार गरेको मुद्दा दायर गरिएको थियो । नवलपरासीमा गरिएको मुद्दा झुटा र थुना गैरकानुनी रहेको भन्दै डिल्लिबहादुर वलिले बन्दी प्रत्यक्षिकरणको रिट दायर गरेका थिए।

रिटमाथि वादीको तर्फबाट बरिस्ठ अधिवक्ता तेजप्रसाद कँडेल, वरिष्ठ अधिवक्ता दिलबहादुर सहानी, वरिष्ठ अधिवक्ता प्रदीप धिताल, अधिवक्ता ज्ञानु केसी, अधिवक्ता कुलबहादुर डागीले बहस गरेका थिए।

रिटमाथि सुनुवाइ गर्दै मुख्य न्यायाधीश बाबुराम रेग्मी र  दुर्गाबहादुर विकको संयुक्त इजलासले अभद्र व्यवहारको मुद्दा विश्वास लायक नरहेको भन्ने कारण भन्दै थुनामुक्त गर्न आदेश दिएको थियो। ६८ दिन दाङ स्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा ३० दिन तुल्सीपुर कारागार, ६ दिन नवलपरासीको हिरासतमा हुँदै मङ्गलबार पुन पक्राउ परेका हुन्। 

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले अनुसन्धानका लागि पक्राउ गरिएको बताए।

salt training

कमेन्ट गर्नुहोस्