२३ जेठ २०८३, शनिबार

काँकडभिट्टामा कोरोना भाइरसको ‘हेल्प डेस्क’

काँकडभिट्टामा कोरोना भाइरसको ‘हेल्प डेस्क’

सरकारले पूर्वीनाका काँकडभिट्टामा कोरोना भाइरसको जाँचका लागि आज साँझ ‘हेल्प डेस्क’ स्थापना गरेको छ।

भन्सार विन्दुमा स्थापना गरिएको ‘हेल्प डेस्क’मा तेस्रो मुलुकबाट आएका नागरिकमा कोरोना भाइरस छ कि छैन भनेर ज्वरो, रुघा र खोकी जाँच गरिनेछ।

भारत, भूटान, बङ्गलादेश र म्यानमारबाट नजिकमा रहेको नाका भएको कारण काँकडभिट्टाबाट दिनहुँ  विदेशी नेपाल प्रवेश गर्ने भएकाले उक्त नाकामा उच्च सतर्कता अपनाइएको हो।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले दुईजना स्वास्थ्यकर्मीलाई बिहान ७ देखि बेलुका ७ बजेसम्म खट्ने गरी ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याइएको जानकारी दिए। 

‘हेल्प डेस्क’मा तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्ने विदेशी नागरिकमा कोरोना भाइरसको सङ्क्रमण भएको शङ्का भएमा नाकामा खटिएका स्वास्थ्यकर्मीले नजिकै रहेको काँकडभिट्टा स्वास्थ्यचौकीमा रहेको ‘आइसोलेसन रुम’मा पठाउने र उनीहरुको विस्तृत स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरी पौडेलले बताए।

 

salt training

कमेन्ट गर्नुहोस्