२३ जेठ २०८३, शनिबार

संस्कृतमा निमन्त्रणा कार्ड, गाईलाई साक्षी राखेर विवाह

संस्कृतमा निमन्त्रणा कार्ड, गाईलाई साक्षी राखेर विवाह

भारतको सूरतमा एक जोडी गाईलाई साक्षी बनाएर विवाह गर्ने भएको छ। 

भारतीय सञ्चारमाध्यमले समाचारमा उल्लेख गरेअनुसार रोहित कुमार र अभिलाषाको विवाह आगामी फ्रेबअरी ३ मा विवाह हुँदैछ।

यस वैदिक विवाहका लागि संस्कृतमा आमन्त्रण कार्ड छपाइएको छ।

दुई गाई र एक बाच्छा शोभायात्रामा प्रयोग गरिनेछन्।  रोहित कुमार बिजनेस एडमिनिस्ट्रेशनमा पीएचडी गरिरहेका छन्।  अभिलाषा चार्टर्ड अकाउन्टेन्ट (सीए) हुन्।

 दुबै परिवारले संस्कृतिको रक्षा र वैदिक परम्पराको रक्षा गर्ने घोषणा गरेका हुन्।

यति मात्र होइन यो विवाहमा माटोको ५००० ग्लास  प्रयोग हुनेछ। यसको उद्देश्य भनेको वातावरण संरक्षणका लागि प्रेरित गर्ने हो।

salt training

कमेन्ट गर्नुहोस्