२४ असार २०८३, बुधबार

अमेरिकी सेनाले अफगानिस्तानमा दुर्घटनाग्रस्त विमानबाट निकाल्यो दुई शव

माघ १५, २०७६
अमेरिकी सेनाले अफगानिस्तानमा दुर्घटनाग्रस्त विमानबाट निकाल्यो दुई शव

अफगानिस्तानमा दुर्घटनाग्रस्त भएको एक सैन्य विमानबाट दुईजनाको भौतिक अवशेष मंगलवार अमेरिकी सेनाले निकालेको छ । 

सोमवार अमेरिकी सेनाले गजनी प्रान्तमा ई–११ए विमान दुर्घटनाग्रस्त भएको बतायो तर तालिबानले विमान खसाएको भनी गरेको दाबीलाई खारेज गर्‍यो । 

मंगलवार अफगान सुरक्षाबल र तालिबान लडाकूहरू अमेरिकी सैन्य विमान दुर्घटना भएको मध्य क्षेत्रमा भिडेका थिए । तालिबानको पकड रहेको दुर्घटनास्थल पुग्नका लागि सरकारले कोशिश गरेपछि भिडन्त भएको थियो । 

‘अमेरिकी बलहरूले यूएस बम्बार्डियर ई–११ए विमान दुर्घटना भएको ठाउँबाट दुई सैनिकको भौतिक अवशेष निकालेको छ,’ अमेरिकी सेनाले बयान निकालेर जनायो । 

भौतिक अवशेषलाई स्थानीय अफगान समुदायले मर्यादा र सम्मानका साथ राखेको वक्तव्यमा उल्लेख गरिएको छ । 

फ्लाइट डेटा रेकर्डर र विमानका भग्नावशेष पनि अमेरिकी सेनाले रिकोभर गरेको बताइएको छ । 

गजनीका प्रान्तीय प्रहरी प्रमुख खालिद वर्दाकले दुर्घटनास्थलबाट मंगलवार अमेरिकी सेनाले दुई शरीर विमानमा राखेर लगेको बताए । 

तालिबान र अमेरिकाबीच अफगानिस्तानको १८ वर्षसम्म चलेको युद्ध अन्त्यका लागि वार्ता चलिरहेको बेलामा यो घटना भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्