१० असार २०८३, बुधबार

साथीको हत्या गरेर पाँच वर्ष फरार, अन्ततः सिआईबीको फन्दामा

साथीको हत्या गरेर पाँच वर्ष फरार, अन्ततः सिआईबीको फन्दामा

आफ्नै साथीको हत्या गरी फरार भएका एक अभियुक्तलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ।  उनलाई पाँच वर्षपछि पक्राउ गरिएको हो।

वीरगञ्ज महानगरपालिका १६ का ३५ वर्षीय फिरोज मियाँलाई हत्या आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले   पक्राउ गरेको हो । 

उनीमाथि  २०७२ माघ २९ मा ललितपुर उपमहानगरपालिका–३ धोवीघाटस्थित  निर्माणाधीन घर कुर्न बसेका सुरेशकुमार साहलाई हत्या गरेको आरोप छ। मादक पदार्थ पिएपछि विवाद हुँदा मियाँले इँटा र रड प्रहार गरी हत्या गरेर फरार भएको ब्यूरोका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए।

उनलाई काठमाडौँको कीर्तिपुर नगरपालिका–२ बाट ब्यूरोको टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान र कारवाहीका लागि बुधबार महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ।

salt training

कमेन्ट गर्नुहोस्