०५ असार २०८३, शुक्रबार

बीबीसीका ४५० पत्रकारको जागिर गुम्यो

बीबीसीका ४५० पत्रकारको जागिर गुम्यो

बेलायती प्रसारण संस्था बीबीसीका ४ सय ५० जनाको रोजगारी गुमेको छ।

खर्च कटौती गर्ने योजना र स्रोत तथा दर्शकहरुको आवश्यकता बदलिएको भन्दै बीबीसीले उनीहरुलाई अवकास दिइएको जनाएको छ। 

बीबीसीले बुधबार गरेको घोषणा अनुसार लामो अनुसन्धान र छलफलपछि कर्मचारी कटौती गर्ने अप्रिय निर्णय गर्नु परेको हो।

‘बीबीसीले आफ्ना दर्शक तथा स्रोताको नयाँ चाहना र आवश्यकताका कारण नयाँ चुनौती सामना गर्नु परेको छ, त्यही अनुसार हामीले पनि नयाँ कदमहरु चाल्न थालेका छौँ,’ बीबीसीका समाचार तथा समसामयीक मामिला प्रमुख फ्रान अनस्वार्थले भने । ती कर्मचारी समाचार कक्षमा कार्यरत थिए।

salt training

कमेन्ट गर्नुहोस्