दक्षिणी इटलीको ऐतिहासिक केन्द्र तथा लिटिल इटलीको रूपमा चर्चित टारान्टो सहर। जहाँ १२५ रुपैयाँ ४४ पैसा (एक यूरो) मा घर किन्न सकिन्छ।
यो सहरमा आवादी बढाउन यस्तो अफर ल्याइएकाे हाे।
१९ औँ सताब्दीमा इटलीको बंदरगाहवाला सहरमा ४० हजार जनसंख्या थियो। तर पछिल्लो समय घटेर ३ हजारमा समेटिएको छ।
पुरानो ऐतिहासिक सहरको आवादी बढाउन सरकारी काउन्सिलका अधिकारीहरुले सस्तो मूल्यमा घर किन्न पाउने अफर ल्याएका हुन्। यो अफरबाट २५ हजार घर बच्ने लक्ष्य छ। तर, तीमध्ये ५ घर तुरन्त बेचिने बताइएको छ।
यसअघि एक यूरोमै घर बेच्ने आइडिया सिसलीको राजधानी पलेर्मोस्थित गांगी सहरमा सन् २०११ मा लागू गरिएको थियो। सोही अफरबाट १ सय ५० भन्दा बढीलाई घर बिक्री गरिएको थियो।
सन् २०१९ मा सिसलीको बीवोना, साम्बुका र मुसोमेली गाउँमा पनि यस्तो अफर दिइएको थियो।
स्थानीय मीडियालाई काउन्सिलका अधिकारी फ्रान्सेस्का विग्गिएनोले भनेका छन्, ‘एक युरोमा घर बिक्री गर्ने खबर न्यूयोर्क, मिलान र रोम सहरमा पनि पुगेको छ।’
सहरलाई पुर्नजीवित गर्न इटली सरकारले हालै मात्र काउन्सिललाई ९ सय लाख यूरो दिएको थियो। यो रकमले सहरलाई फेरि गुल्जार बनाउने र विकसित गरिने जनाइएको छ।
सन् १९७५ मा यो सहरको एउटा भवन खसेपछि एक परिवारका सबै सदस्यको ज्यान गएको गियो। यो बाहेक इल्बा स्टील प्लान्टबाट निस्कने प्रदूषणका कारण यो सहरबाट बसाइँ सरेका थिए।
अधिकारीहरुले प्लान्टलाई सन् २०२४ सम्म पर्यावरण अनुकूल बनाउने योजना ल्याएका छन्। -एजेन्सी