
गाँजा तथा भाँगो (भाङ) मथिको कानुनी प्रतिबना हटाउन माग गर्न सत्तासीन नेकपाका सांसदहरूले प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन्।
लागुऔषध नियन्त्रण ऐनले गाँमा उत्पादन सेवन र किनबेचमा प्रतिबन्ध लगाएको छ।
सांसद विरोध खतिवडाले गाँजामाथिको कानुनी प्रतिबन्ध परवा गर्न दर्ता गरेको प्रस्तावमा ४६ जना सांसदले समर्थन जनाएका छन्।
मुलुकलाई आर्थिक रूपमा सक्षम बनाउन, प्राकृतिक उपचारका लागि औषधि उत्पादन गर्ने किसानको जीवनस्तर उकास्न र विदेशी मुद्रा आर्जन गर्न गाँजामाथिको प्रतिबन्ध फुकाउनुपर्ने सांसदहरुको माग छ । अन्नपूर्ण पोस्टमा खबर छ ।