
अस्ट्रियाका डोमिनिक थिमले नम्बर एक खेलाडी राफेल नडाललाई स्तब्ध पार्दै बुधबार अस्ट्रेलियन ओपन शीर्ष टेनिसको सेमिफाइनल यात्रा गरेका छन् ।
अब फाइनल पुग्नका लागि हुने खेलमा उनले एलेक्जेन्डर जाभरेभको स्लाममा सामना गर्नेछन् । पाँचौं वरीयताका थिम फ्रेन्च ओपनको पछिल्ला दुई फाइनलमा नडालकै हातबाट पराजित रहेका थिए। तर यसपल्ट नडालमाथि उनी नै हाबी रहे र स्पेनी खेलाडीको २० औं ग्रान्ड स्लाम जित्ने अभियानलाई रोके ।
थिमको जित अन्तर ७-६ (७ ३), ७-६ ७/४),४-६, ७-६ (८ ६) रह्यो। उनको अबका जर्मन प्रतिद्वन्द्वी जाभरेभले भने अनभवी स्टान वावरिन्कालाई १-६, ६-३, ६-४, ६-२ ले पराजित गरे ।
जाभरेभ ग्रान्ड स्लामको अन्तिम चारमा परोको यो पहिलोपल्ट हो। यी २ खेलाडीबीचको विजेताले अर्को सेमिफाइनलमा खेल्ने सातपल्टका विजेता नोभाक जोकोभिच वा ६ पल्टका विजता रोजर फेडेररको सामना गर्नेछन्। कान्तिपुर दैनिकमा खबर छ ।