०३ साउन २०८३, आइतबार

सुर्खेतमा प्रहरी स‌ंयमित नहुँदा बालकको दाँत झर्‍यो

माघ १६, २०७६
सुर्खेतमा प्रहरी स‌ंयमित नहुँदा बालकको दाँत झर्‍यो

मंगलबार टिप्परको ठक्करबाट एक युवाको ज्यान गएपछि भएको प्रदर्शन उग्र बनेको छ ।

विहीबार विहान वीरेन्द्रचोकमा प्रहरीको छोडुवा लट्ठी लागेर दैलेखका एक बालक घाइते भएका छन् । आन्दोलनकारीलाई नियन्त्रणमा लिने बहानामा दैलेखका ११ वर्षीय बालकलाइ छोडुवा लट्ठी लाग्दा उनको ओठ काटिएको छ भने दाँत पनि झरेको छ ।

सयौंको संख्यामा आन्दोलनकारी सडकमा आएका छन् । टिप्पर चालक र मालिक हरि विसीलाई जन्मकैद हुनुपर्ने माग राख्दै पीडित परिवार आन्दोलनमा उत्रिएका हुन । अहिले सुर्खेतमा सवारी साधन ठप्प पारिएको छ । पसलहरु बन्द गरिएका छन् । प्रहरी धरपकडमा उत्रिएको छ भने केहि प्रदर्शनकारीलाई वीरेन्द्र चोकबाट नियन्त्रणमा लिएको छ ।  

मंगलवार प्रहरीले बल प्रयोग गरी शव उठाएपछि स्थिति तनावग्रस्त बनेको हो । मृतकका केही आफन्तले शव उठाउने र दोषीलाई हदैसम्मको कारबाही गर्ने प्रशासनसँग सहमति गरेका थिए । तर केही आफन्तले भने आमा कालिकोट र बुबा भारतबाट नआएसम्मका लागि शव नउठाउने अडान लिएका थिए । आफन्तले शव उठाउने सहमति गरीसकेको भन्दै प्रहरीले बल प्रयोग गरेर घटनास्थलबाट शव उठाएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रवि रावलले बालबालिकालाई सडकमा नआउन आग्रह गरे । ‘भीड अनियन्त्रित भएको छ । हामीले घर भित्रै बस्न आग्रह गरेका थियौं,’ उनले भने, ‘पेट्रोल नै बोकेर हिडिरहेको भीडलाई नियन्त्रणमा लिदा त्यस्तो भएको होला । बालबालिकामाथि आक्रमण गर्ने हाम्रो कुनै मनसाय होइन । आफ्ना बालबालिकालाई घर भित्रै राख्न आग्रह गर्दछु ।’

salt training

कमेन्ट गर्नुहोस्