१२ साउन २०८३, मंगलबार

सकियो नेकपाको समूहगत छलफल - शुक्रवार अपराह्न निष्कर्ष पेश गरिने

सकियो नेकपाको समूहगत छलफल - शुक्रवार अपराह्न निष्कर्ष पेश गरिने

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरूले बिहीवारको छलफल सम्पन्न गरेका छन् ।

चालू केन्द्रीय कमिटीको बैठक अन्तर्गत ४ सय ४५ केन्द्रीय कमिटी सदस्यहरूलाई अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि छलफल गरेका हुन् ।

शुक्रवार अपराह्न बस्ने बैठकमा १५ वटै समूहका टोली नेताहरूले छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन् ।

१० नम्बर समूहले भने थप छलफल गर्ने भन्दै शुक्रवार बिहानको समयलाई तोकेको छ । समूहका सदस्य युवराज चौलागाईंले लोकान्तरलाई विधान संशोधनका बुँदाहरूमा छलफल हुन नसकेको बताए ।

'समय अभावका कारण सबै विषयमा छलफल हुन सकेन,' चौलागाईंले भने, 'भोलि बिहान पुनः छलफल गर्नेछौं र दिउँसोको बैठकमा निष्कर्ष प्रस्तुत गर्नेछौं ।'

नेकपाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको आयोजना गरेको हो । विधान अनुसार ६/६ महिनामा केन्द्रीय कमिटीको बैठक बस्नुपर्ने भएपनि अहिले करीब १८ महिनापछि बैठक बसेको हो ।

salt training

कमेन्ट गर्नुहोस्