
बिहे पहिलाको 'डेटिङ' संस्कृति नेपाल र भारतजस्ता देशहरूमा नयाँ होइन । तर यदि बिहेपछि डेटिङको कुरा गर्ने हो भने अधिकांश मान्छेहरूले जिब्रो टोक्ने गर्छन् ।
'यो कसरी सम्भव हुन सक्छ?' अधिकांशले गर्ने प्रश्न यही हो ।
तर फ्रान्समा एउटा यस्तो फोन एप्लिकेसन बनेको छ जसले 'एक्स्ट्रा म्यारिटल डेटिङ' संस्कृतिलाई मलजल गरिरहेको छ । उक्त एपको नाम 'ग्लीडेन' हो ।
अचम्मको कुरा त के भने ग्लीडेन एपमा पुरुष भन्दा बढी महिलाहरू जोडिएका छन् । उक्त एप भारतमासमेत लोकप्रिय भइरहेको छ ।
एक मिडिया रिपोर्टका अनुसार यस एपमा अहिलेसम्म करीब ८ लाख महिला पुरुष जोडिएका छन् ।
यो एप बिहे भइसकेकाहरूका लागि एउटा अनलाइन डेटिङ प्लेटफार्म हो । यस एपमा महिलालाई खास ध्यानमा राखिन्छ । यसमा महिलाहरूको छुट्टै समूह छ । यसमा जोडिन महिलाले कुनै शुल्क दिनुपर्दैन तर पुरुषले भने पैसा तिर्नुपर्छ ।
यस एपमा जोडिएका अधिकांशले वैवाहिक जीवनपछि पनि आउने नैराश्यता समाधान भएको प्रतिक्रिया दिएका छन् ।
अचम्मको कुरा के छ भने यस एपमा ३४ देख ४९ वर्षका महिला पुरुषहरू जोडिएका छन् ।
एप बनाउने कम्पनीले यसमा जोडिनेहरूको सूचना गोप्य राखिने दाबी गरेको छ ।
यस एपमा पहिलोपटक जोडिन चाहनेहरूले आफ्नो बालबच्चाको संख्या, वैवाहिक स्थिति र आम्दानीसँग सम्बन्धित जानकारी दिनुपर्छ ।