२७ असार २०८३, शनिबार

प्रदेश २ सरकारले छोरी शिक्षा बिमाको रकम बढाएर ३ लाख पुर्‍यायो

माघ १७, २०७६
प्रदेश २ सरकारले छोरी शिक्षा बिमाको रकम बढाएर ३ लाख पुर्‍यायो

प्रदेश नम्बर २ सरकारले 'बेटी पढाऊ, बेटी बचाऊ' अभियानअन्तर्गत 'छोरी शिक्षा बिमा'को रकम बढाएर १ लाखबाट ३ लाख पुर्‍याएको छ ।

प्रदेश मन्त्रिपरिषद्को शुक्रवार बसेको बैठकले छोरी शिक्षा बिमाको रकम वृद्धि गर्ने निर्णय गरेको स्रोतले लोकान्तरलाई जानकारी दियो ।

स्रोतका अनुसार उक्त निर्णयको औपचारिक जानकारी आजै पत्रकार सम्मेलन गरेर दिने तयारी छ ।

बढेको रकम यो अभियानको शुरूआतदेखि नै जन्मेका छोरीहरूको हकमा लागू हुनेछ ।

२०७५ माघ २ गतेयता जन्मेका बालिकालाई २० वर्षपछि रु. १ लाख दिने गरी निःशुल्क बिमा गर्न शुरू गरिएको थियो ।

अब बिमाको रकम थप २ लाख बढेर कुल ३ लाख पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्