०३ साउन २०८३, आइतबार

यी व्यक्तिले नानो कारलाई बनाए हेलिकप्टर

यी व्यक्तिले नानो कारलाई बनाए हेलिकप्टर

भारतको बिहार राज्यमा रहेको छपरामा बस्ने २४ वर्षीय मिथिलेश प्रसादले आफ्नो नानो कारलाई हेलिकप्टरको डिजाइन दिएका छन् । हेलिकप्टर जस्तो देखिने कार अहिले आकर्षणको केन्द्र बनेको छ । 

मिथिलेश पेशाले पाइप फिटर हुन् र उनले टाटा नानो कारमा हेलिकप्टरको आधारभूत डिजाइन फिट गरेका हुन् । हुन त यो कार उड्न सक्दैन तर यसमा हेलिकप्टरकै जस्तो मेन रोटोर, टेल बूम र टेल रोटोर छ । रोटोर र साइड प्यानलहरूमा रंगीबिरंगी एलईडी बत्ती जडान गरिएका छन् । 

मिथिलेश र उनका भाइलाई यो डिजाइन बनाउन सात महिना जति लाग्यो र यसमा उनीहरूले सात लाख भारु खर्च गरे । 

१२ कक्षा उत्तीर्ण गरेका मिथिलेशले पहिलेदेखि नै हेलिकप्टर बनाउने सपना देखेको र हेलिकप्टर बनाएर उडाउन नपाएपनि सडकमा हेलिकप्टर कार गुडाउन पाएको बताए । 
एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्