२२ जेठ २०८३, शुक्रबार

स्कूल भ्यानको ठक्करले बालिकाको मृत्यु

स्कूल भ्यानको ठक्करले बालिकाको मृत्यु

दाङमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

लमहीमा स्कुल बसको ठक्करबाट १८ महिने बालिकाको मृत्यु भएको छ ।

गोरखा मोडेल कलेजको रा१ख १०२८ नंको स्कुल बसले ठक्कर दिँदा लमही नगरपालिका–६ देउपुर निवासी छोटु मुसलमानकी १८ महिने छोरी सफिना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार आज अपराह्न करीब ४:०० बजेतिर विद्यार्थी छाड्न पुगेको स्कुल भ्यानले सडकमा खेल्दै गरेकी खातुनलाई ठक्कर दिएको थियो ।

चालक र भ्यान प्रहरीले नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्