१४ असार २०८३, आइतबार

व्यापारी नेताविरुद्ध नेकपामा जोडदार मत : कि व्यापार छाड, कि पार्टी छाड !

व्यापारी नेताविरुद्ध नेकपामा जोडदार मत : कि व्यापार छाड, कि पार्टी छाड !

राजनीतिक आडमा व्यापार–व्यवसाय गर्ने प्रवृत्ति बढेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठकमा विरोध भएको छ ।

समूहगत रिपोर्टिङ प्रस्तुत गर्ने क्रममा नेताहरूले नेकपाका सदस्यले शिक्षा र स्वास्थ्यको व्यापार–व्यवसायबाट टाढा बस्नुपर्ने माग गरेका छन् ।

पार्टीले समाजवादको कुरा गरिरहँदा कतिपय कम्युनिस्ट नेताहरूले शिक्षा र स्वास्थ्यलाई व्यापार बनाएर पैसा कमाउनु शोभनीय नहुने मत बैठकमा उठेको एक केन्द्रीय सदस्यले बताए ।

‘शिक्षा र स्वास्थमा नेकपाकै कतिपय नेताहरूको लगानीमा व्यापार भइरहेको छ । कि त व्यापार गर्न छाड्नुपर्‍यो, कि त पार्टी कमिटी छाड्नुपर्‍यो भन्ने आवाज उठेको छ,’ ती केन्द्रीय सदस्यले भने ।

बैठकमा संक्रमणकालीन न्यायलाई चाडो टुंगोमा पुर्‍याउनुपर्ने माग समेत गरिएको छ । अमेरिकी सहयोग परियोजना एमसीसीलाई हतारमा भन्दा पनि अध्ययन समिति बनाएर प्राप्त निष्कर्षका आधारमा अगाडि बढ्न समूहगत सुझाव प्राप्त भएको जनाइएको छ ।

‘बालुवाटार जग्गा प्रकरणमा पार्टीसँग पनि जोडिएर विषय आएकाले समिति बनाएर छानबिन गर्नुपर्ने विषय आएको छ,’ ती सदस्यले भने, ‘गुटबन्दीको प्रमुख कारक नेतासँग जोडिएका प्रतिष्ठान रहेकाले त्यसलाई व्यवस्थित गरेर मात्रै सञ्चालन गर्नुपर्ने माग समेत उठेको छ ।’

बैठकमा १५ मध्ये १४ समूहले रिपोर्टिङ राखिसकेका छन् भने समूहको अन्तिम रिपोर्टिङ हिमाल शर्माले राखिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्