२८ जेठ २०८३, बिहीबार

साताको शेयर बजारमा साढे ६ अर्बमाथि कारोबार

साताको शेयर बजारमा साढे ६ अर्बमाथि कारोबार

धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचकले ‘बुलिस ट्रेण्ड’ पछ्यायो ।

लगातार उकालो लागेको बजार पुनः १ हजार ३०० को विन्दुमा पुग्यो । 

नेपाल स्टक एक्स्चेन्जका अनुसार साताभर कूल १८० कम्पनीका कूल १ करोड ६२ लाख ८९ हजारु २४९ कित्ता शेयर ६ खर्ब ५४ अर्ब २७ लाख ८६ हजार ४६४ रुपैयाँमा खरीदबिक्री भए । 

साताको पहिलो दिन नेप्से परिसूचक झण्डै २१ अंकले ओरालो लाग्यो । सो दिन नेप्से २०.७९ विन्दुले ओरालो लागेर १ हजार २७६.६८ मा समेटियो । कूल १७४ कम्पनीका २६ लाख ६० हजार ३७ कित्ता शेयर ९६ करोड ५० लाख १८ हजार ६६२ मूल्यमा खरीदबिक्री भए । 

सोमवार नेप्से झण्डै २४ अंकले वृद्धि भयो । स्टकका अनुसार नेप्से २३.९५ विन्दुले बढेर १ हजार ३००.६२ मा पुग्यो । नेप्सेमा उच्च विन्दुको सुधार देखिँदा कारोवार रकममा भने त्यसको प्रभाव देखिएन । कूल १८० कम्पनीका २४ लाख ९ हजार २६२ कित्ता शेयर ९१ करोड ७३ लाख ५९ हजार ८६५ रुपैयाँ मूल्यमा खरीदबिक्री भए । 

मंगलवार नेप्से सामान्य वृद्धि भयो । त्यस दिन नेप्से ५.५२ अंकले बढेर १ हजार ३०६.१५ मा पुग्यो । मंगलवार कूल १७८ कम्पनीका ३७ लाख ३९ हजार ३९७ कित्ता शेयर १ अर्ब ४० करोड ४ लाख ७६ हजार ८०५ रुपैयाँमा खरीदबिक्री भयो । 

बुधवार नेप्सेमा झिनो अंकले गिरावट आयो । सो दिन नेप्से ०.२७ अंकले घटेर १ हजार ३०५.८८ मा थामियो । त्यसदिन कूल १७६ कम्पनीका २८ लाख ७८ हजार ४५२ कित्ता शेयर १ अर्ब २९ करोड ३७ लाख ११ हजार ३८३ रुपैयाँमा खरीदबिक्री भए । 

साताको अन्तिम दिन नेप्से उकालो लाग्यो । लगातार उकालो लाग्ने क्रममा रहेको नेप्से परिसूचक झण्डै २० अंकले उकालो लाग्यो । स्टकका अनुसार नेप्से १९.५१ विन्दुले बढेर १ हजार ३२५.३८ मा पुग्यो । नेप्से उकालो लाग्दा कारोवार रकममा समेत उच्च अंकको वृद्धि भयो ।

कूल १७८ कम्पनीका ४६ लाख २ हजार १०१ कित्ता शेयर १ अर्ब ९६ करोड ६२ लाख १९ हजार ७४९ रुपैयाँ मूल्यमा खरीद बिक्री भए । यस साता स्कटकमा सनराइज बैंकका ऋणपत्र सूचीकृत भए । स्टकका अनुसार ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्