२४ जेठ २०८३, आइतबार

कोरनाको सन्त्रासः हुवेइमा रहेका नेपालीको उद्धार गर्न जहाज चार्टर्ड गरिने

कोरनाको सन्त्रासः हुवेइमा रहेका नेपालीको उद्धार गर्न जहाज चार्टर्ड गरिने

नेपाल सरकारले कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी सन्त्रास भएको क्षेत्र चीनको हुवेइ प्रान्तमा रहेका नेपालीको उद्धार गर्ने भएको छ ।

बेइजिङस्थित नेपाली राजदूतावासले शनिबार विज्ञप्ति जारी गरी नेपाल फर्कन चाहनेलाई फाराम भर्न आग्रह गरेको हो। 

हुवेइको बुहानबाट कोरोना भाइरसको सङ्क्रमण शुरु भएको हुँदा हुवेइमा रहेका सबै नेपाली नागरिकलाई विच्याटमार्फत सूचना दिइसकेको दूतावासले जनाएको छ।  ‘नेपालीलाई ल्याउन जहाज चार्टर्ड गर्नका लागि काम भइरहेको र निश्चित हुनासाथ सोसम्बन्धी विवरण तत्काल उपलब्ध गराइने छ,’ विज्ञप्तिमा भनिएको छ । 

दूतावासले आफ्नो वेबसाइटमा एउटा फाराम राखिएको र फर्कन चाहनेले अनिवार्यरुपमा सो फाराम भर्नुपर्ने र नाबालकबाहेक प्रत्येक राहदानीवालाले भिन्दाभिन्दै फाराम भर्नुपर्ने र फाराम तोकिएको समयमा सम्बन्धित स्थानमा आइपुगिसक्नुपर्ने दूतावासले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्