
अमेरिकी धनाढ्य व्यक्तित्व बिल गेट्सले आफ्नी पुत्री जेनिफर गेट्सको इंगेजमेन्ट भएको घोषणा गरेका छन्।
माइक्रोसफ्टका सस्थापक गेट्सकी जेष्ठ पुत्री जेनिफरकाे इंगेजमेन्ट इजिप्टका घाेडसवार खेलाडी नायल नासारसँग हुने भएको अमेरिकी सञ्चार माध्यम सीएनएनले जनाएको छ।
जेनिफरले पनि इन्स्टाग्राममा आफ्नो तस्विर राख्दै यसबारे जानकारी दिएकी छिन्। उनले नायल नासारले आफूलाई विवाह प्रस्ताव राखेको पनि जानकारी दिएकी छिन्।
जेनिफरका अनुसार नायलले आगामी ओलम्पिक्सका लागि इजिप्टलाई छनोट हुन मद्दत गरेका थिए। उनले तस्वीरसँग प्रेम सन्देश पनि लेखेकी छिन्। नेपाल समाचारपत्रमा खबर छ ।