
नेकपा सचिवालय सदस्य वामदेव गौतमलाई पार्टीले उपाध्यक्ष बनाएको छ ।
केन्द्रीय कमिटी बैठकबाट विभान संशोधन र संगठनात्मक प्रस्ताव पारितभएसँगै गौतम उपाध्यक्ष बनेका हुन् ।
महासचिव विष्णु पौडेलले प्रस्तुत गरेको अन्तरिम विधान संशोधन प्रस्तावमा उपाध्यक्षको व्यवस्था गरिएको छ ।
नेता गौतमलाई गत असोजमा बसेको सचिवालय बैठकले उपाध्यक्षमा प्रस्ताव गरेको थियो । सो प्रस्ताव अन्तरिम विधान संशोधनको रूपमा स्थायी कमिटीको बैठकमा पनि गएको थियो ।
त्यहाँबाट अनुमोदन गर्दै केन्द्रीय कमिटीमा पठाइएको थियो । सो प्रस्ताव केन्द्रीय कमिटीको बैठकबाट पारित भएपछि उनी उपाध्यक्ष बनेको प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छ ।