१६ असार २०८३, मंगलबार

जब विमानमा ग्यास मास्क लगाएका व्यक्ति देखिए…

माघ २०, २०७६
जब विमानमा ग्यास मास्क लगाएका व्यक्ति देखिए…

अमेरिकामा आफ्नो अनुहार छोप्नेगरी लगाएको ग्यास मास्क फुकाल्न नमानेपछि एक यात्रुलाई चढेको विमानबाट ओरालिएको छ । डल्लासबाट ह्यूस्टन उड्न लागेको विमानमा बिहीवार चढेका यात्रुहरू उनलाई देखेर डराएका थिए ।

विमानका कर्मचारीहरूले उनलाई मास्क फुकाल्न गरेको अनुरोध उनले अस्वीकार गरेका थिए । त्यसपछि उनलाई सो विमानमा उड्न दिइएन । सो क्रममा विमानको उडानमा समेत एक घन्टा ढिला भएको थियो । ती व्यक्ति अर्को विमानमा चढेर गन्तव्यतिर उडे । तर त्यसमा चढ्दा उनले मास्क लगाएनन् ।

पहिलो विमानका यात्रु जोजिफ सेले ह्यूस्टनले एबीसीसी स्टेशन केटीआरकेलाई भने, ‘मैले एकजना व्यक्ति पूरै मुख छोपिनेगरी ग्यास मास्क लगाएर विमानमा आउँदै गरेको देखेँ । त्यो कस्तो कस्तो अप्ठ्यारो देखिन्थ्यो ।’ उनले थपे, ‘तत्कालै मानिसहरूले विमानमा पछाडिपट्टि कुरा गर्ने थाले । उनको अनुहार देखिँदैनथ्यो । उनको कुनै रूप चिन्न सकिँदैनथ्यो । उनले विमानमा केही कुरा लुकाएर ल्याएका छन् कि र आफ्नो सुरक्षाका लागि मास्क लगाएका हुन् कि भन्ने आशंकामा मानिसहरू चिन्तित थिए ।’

आफूलाई पहिला ती व्यक्तिले कोरोनाभाइरसको संक्रमणबाट जोगिन मास्क लगाएको होला भन्ने लागेको सेले बताए । ‘त्यसपछि मैले त्यसमा फिल्टर नभएको भेउ पाएँ । अनि त्यसको कुनै अर्थ भए जस्तो लागेन,’ उनले भने । ‘उनीसँगै बसेकी एक महिलाबाट हामीले ती व्यक्तिले केही कुरा भन्ने इच्छा व्यक्त गरेको भन्ने सुन्यौं । मलाई त्यो के कुरा थियो भन्ने चाहिँ थाहा छैन,’ सेले भने । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्