१६ असार २०८३, मंगलबार

कोरोनाभाइरसले सताएको चीनमा आयो भूकम्प

माघ २०, २०७६
कोरोनाभाइरसले सताएको चीनमा आयो भूकम्प

कोरोनाभाइरसको महामारीले आक्रान्त चीनमा सोमवार बिहान भूकम्प आएको छ । 

दक्षिणपश्चिम क्षेत्रमा रहेको सिचुआनको छङ्दुमा ५.१ म्याग्निच्युडको भूकम्प आएको हो । भूकम्पको केन्द्रविन्दु छङ्दुभन्दा ३५ किलोमिटर पर रहेको छ ।

जमीनबाट २१ किलोमिटर मुनिबाट भूकम्प शुरू भएको बताइएको छ । भूकम्पको झड्का लगभग १० सेकेन्डसम्म अनुभव गरिएको थियो । 

भूकम्प प्रभावित क्षेत्रमा १५० जना उद्धारकर्ता र ३४ वाहन पठाइएको छ । अहिलेसम्म कुनै हताहतीको सूचना नआएको चीनको समाचार संस्था सिन्ह्वाले जनायो । 

भूकम्प आएपछि स्थानीयहरू घरबाहिर सुरक्षा मास्क लगाएर उभिएका थिए । केही मानिसले घरबाट सिरक लगेर कारभित्र रात बिताएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्