२३ असार २०८३, मंगलबार

सामान्य मास्कले छेक्दैन कोरोना भाइरस, डा. पाण्डेको सुझाव– यस्तो तरिका अपनाउनुस्

सामान्य मास्कले छेक्दैन कोरोना भाइरस, डा. पाण्डेको सुझाव– यस्तो तरिका अपनाउनुस्

उत्तरी छिमेकी मुलुक चीनमा कोरोना भइरसको संक्रमण फैलिएपछि नेपालमा पनि चिन्ता र चासो व्यक्त भइरहेको छ ।

चीनलाई समेत आच्छुआच्छु पारेको कोरोना भाइरस नेपाल छिरेमा त्यसले स्थिति भयावह बनाउने चिन्ता आमनागरिकमा पाइन्छ ।

कोरोना भाइरस संक्रमणको जोखिम कति छ नेपालमा ? हेर्नुहोस्, चिकित्सकको निष्कर्ष र सुझाव : 

– सवा अर्ब जनसंख्या भएको चीनमा ३५० जनाको मृत्यु हुनु कम क्षति हो । कोरोना संक्रमणबाट मृत्यु भएका अधिकांश व्यक्ति बुढाबूढी, क्यान्सरजस्ता दीर्घ रोग लागेका तथा रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति छन् ।

– कोरोना संक्रमणबाट अस्पताल भर्ना भएका बिरामीहरू सञ्चो हुँदै फर्किने क्रम जारी छ ।

– कोरोना भाइरस कमजोर खालको भाइरस प्रमाणित भएको छ । यसको मृत्युदर १– २ % मात्र छ ।

– यसको औषधि तथा खोपको लागि अनुसन्धान भइरहेको छ ।

– यो भाइरस गर्मी शुरू भएपछि नियन्त्रण हुने चीनको विश्वास छ ।

– कोरोना भाइरसको कारण सयौंको मृत्यु भयो, हजारौं संक्रमित भए तर करोडौं व्यक्तिहरू चिन्ताग्रस्त छन् ।

– कोरोनाले भन्दा कोरोनाको कारण भइरहेको चिन्ता, तनाब, असुरक्षा महसूसजस्ता मानसिक असरले दीर्घरोगी वृद्धि हुने तथा मृतकको संख्या बढ्ने देखिएको छ ।

– हामीकहाँ पाइने मास्कले कोरोनाको संक्रमण रोक्दैनन् । कोरोना भाइरस टाउको, मास्कको बाहिरी भाग, कपडा, झोला, जुत्ता, हात आदि हुँदै घरघरमा फैलिन सक्छ ।

– हाम्रा केही बानीको कारण कोरोना संक्रमणको जोखिम उच्च छ । मान्छेतिर फर्केर खोक्ने, हाच्छ्यु गर्ने, औंलालाई मुख – नाक – आँखा – कानतिर लैजाने, हात नधोइ खानेकुरा समाउने – खाने आदि ।

– कोरोना संक्रमणबाट बच्ने एउटा उपाय छ, त्यो हो – खल्तीमा, ब्यागमा ह्याण्ड स्यानिटाइजर वा अल्कोहल कन्टेन्ट स्यानिटाइजर राख्ने, त्यसले पटक–पटक हात सफा गर्ने । साबुन पानीले हात धोएर मात्र खाना खाने ।

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

salt training

कमेन्ट गर्नुहोस्