भारतको दिल्लीस्थित नाङलोई क्षेत्रमा कारको कागजात माग्ने ट्राफिक प्रहरीलाई दुई किलोमिटरसम्म बोनेटमा राखेर गुडाएको दुई महिना पुरानो भिडियो अहिले भाइरल बनिरहेको छ ।
ट्राफिक प्रहरी कागजात नबोकी हिँड्ने सवारीचालकलाई रोक्न उनको कारको बोनेटमै चढेका थिए । घटना गत नोभेम्बर महिनामा भएको हो ।
पीडित ट्राफिक प्रहरीको नाम सुनिल हो र घटनामा उनी घाइते भएका थिए ।
दिल्ली ट्राफिक प्रहरीका स्रोतहरूले बताएअनुसार, प्रहरीहरूले नाङलोई चोकमा गाडीका कागजात जाँचबुझ गरिरहँदा आरोपितको कार अर्को साइडबाट आइपुग्यो । प्रहरीले आरोपितलाई रोक्न इशारा गर्दा शुरूमा उसले कारको
स्पीड घटायो अनि भाग्न खोज्यो । भाग्न खोज्ने चालकलाई रोक्न सुनिल बोनेटमै चढे ।
तर कार रोक्नुको साटो आरोपितले गाडीको स्पीड बढायो र प्रहरीलाई दुई किलोमिटरसम्म घिसार्दै लग्यो । कारमा बसेको अर्को व्यक्तिले आफ्नो मोबाइल फोनमा पूरा घटनाको रेकर्डिङ गरेको हो ।
धेरै अनुरोध गरेपछि बल्ल आरोपितले सुनिललाई तल आउन दियो अनि भाग्यो ।
घटनाको दुई महिनाभन्दा बढी समय बितेपछि भिडियो क्लिप भाइरल भयो र प्रहरीले घटनाको अनुसन्धान गर्न थालेको छ ।
Driver drags a police officer on the bonnet of his car in #Delhi pic.twitter.com/TgYZ0M5Fj3
— RT (@RT_com) February 3, 2020