१५ असार २०८३, सोमबार

कलाकारहरुको राजनीति मोह, लाइन लागेर कांग्रेसमा प्रवेश

कात्तिक २०, २०७४
कलाकारहरुको राजनीति मोह, लाइन लागेर कांग्रेसमा प्रवेश
काठमाडौं, ६ पुस – कलाकारहरुको पार्टी प्रवेशको लहर चलेको छ । केही पहिलेमात्रै कलाकार कोमल वली र नायिका रेखा थापा राप्रपामा प्रवेश गरेर चर्चा बटुलेका थिए ।

यसैबीच आज केही कलाकार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । अभिनेता तथा निर्देशक रमेश बुढाथोकीको नेतृत्वको कलाकारहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेस प्रवेश गर्नेहरुमा चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटी, चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, गायक युवराज चौलागाँई, अभिनेत्री रिस्ता बस्नेत, अभिनेत्री नम्रता योगी, नृत्य निर्देशक पुर्णम राई, मोडल प्रतिक्षा खड्कालगायत् छन् ।

उनीहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा आयोजित एक कार्यक्रमका पार्टीमा स्वागत गरे ।

salt training

कमेन्ट गर्नुहोस्