×

NMB BANK
NIC ASIA

निगरानी सरकारी सम्पत्ति र खर्चमाथि : भाग - ४१

विदेश भ्रमणमा बेथिति : प्राविधिक जानुपर्ने तालिममा हाकिमहरूको 'घुमघाम' !

भदौ २, २०७६

NTC
Premier Steels

काठमाडौं – सन् २०१८ कोे १४ सेप्टेम्बरदेखि २१ सम्म इन्डोनेसियामा बाँसबाट बन्ने संरचनासम्बन्धी तालिम सञ्चालन भएको थियो । उक्त तालिममा मन्त्रालयले विभिन्न निकायका ७ कर्मचारीलाई मनोनयन गरी पठायो ।

Muktinath Bank

राष्ट्रिय आवास कम्पनी लिमिटेडबाट तत्कालीन अध्यक्ष मोहन चौधरी, सोही कम्पनीका तत्कालीन महाप्रबन्धक दुतबहादुर गुरुङ र शाखा अधिकृत अश्विनी कुमार खड्का गरी ३ जना सहभागी भए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त तालिममा मन्त्रालयका तर्फबाट कानून शाखाका उपसचिव विष्णुप्रसाद अवस्थी, शाखा अधिकृत मन्दिरा पोखरेल, नायव सुब्बा मुस्ताक अहमद खान र विभागकी इञ्जिनीयर मीरा ज्ञवाली सहभागी भए । 


Advertisment
Nabil box
Kumari

Vianet communication

बाँसबाट बन्ने संरचनासम्बन्धी कार्यशालाका लागि भ्रमणमा सहभागी भएका व्याक्तिहरूले त्यहाँ देखेको प्रविधि र सिकेको सीपलाई यहाँ सदुपयोग गरे त ? त्यस्तो कुनै पहल उनीहरूले नेपालमा आएर गरेनन् ।

एक इञ्जिनीयरलाई छाड्ने हो भने अन्य कोही पनि उक्त तालिममा सहभागी हुनुको औचित्य पुष्टि हुँदैन । स्वयं मन्त्रालयका अधिकारीहरू पनि यसलाई स्वीकार्छन् ।

‘त्यो भ्रमणको सम्पूर्ण खर्च राष्ट्रिय आवास कम्पनी लिमिटेडले गरेको होे । भ्रमणको विषय र पदाधिकारीको तादाम्यता मिलेको देखिँदैन र भ्रमणपछि सहभागीहरूले कुनै तालिम चलाएको थाहा छैन,’ मन्त्रालयका लेखा प्रमुख कमल सापकोटाले लोकान्तरसँग भने ।

तर, राष्ट्रिय आवास कम्पनीका तर्फबाट तालिममा सहभागी अधिकृत अश्विनीकुमार खड्का भने आफूहरूले कम्पनीको बोर्डमा प्रतिवेदन पेश गरेको भनेर काम देखाउँछन् ।

‘तालिम मात्रमा सीमित नभएर अवलोकन भ्रमणसँग पनि सम्बन्धित थियो, तालिमपश्चात हामीले कम्पनीको बोर्डमा प्रतिवेदन पेश गरिसकेका छौं,’ खड्काले लोकान्तरसँग भने । 

सन् २०१८ मा चीनमा भएको ‘प्यासेज कन्स्ट्रक्सन एण्ड पोस्ट डिजास्टर रिकन्स्ट्रक्सन क्यापासिटी फर नेपाल’ शीर्षकको कार्यक्रममा मन्त्रालयले ३ जना कर्मचारीलाई पठायो ।

जसमा २ जना इन्जिनियरसँगै विभागका उपसचिव तथा प्रमुख लेखा नियन्त्रक गोपीचन्द्र भण्डारी सहभागी भए ।

लेखाका उपसचिव उक्त कार्यक्रममा सहभागी हुनुको औचित्य पनि पुष्टि हुँदैन । निर्माण तथा पुनर्निर्माणसँग सम्बन्धित विषयमा असान्दर्भिक व्यक्ति सहभागी भए ।

नेपाल सरकारले वैदेशिक भ्रमणलाई मर्यादित र उपलब्धिमूलक बनाउन वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका, २०७५ लागू गरेको छ ।

निर्देशिका अनुसार वैदेशिक भ्रमणका लागि मनोनयन गर्दा विषयको सान्दर्भिकता, विषयको विज्ञता र उपयुक्तता जस्ता आधारहरूलाई अपनाउनुपर्ने हुन्छ । तर मन्त्रालयले विषयवस्तु र कामसँग मेल नै नखाने कर्मचारीहरूलाई भ्रमणका लागि मनोनयन गरी पठाउने गरेको देखिन्छ ।

मन्त्रालयका लेखा प्रमुख सापकोटा स्वयं यसमा केही कमजोरी भएको स्वीकार्छन् । ‘वैदेशिक भ्रमणको छनौटमा केही साना कमजोरी भएपनि समग्रमा विषयगत आधारमा नै छनौट गर्ने प्रयास गरेका छौं,’ उनले लोकान्तरसँग भने । 

दुई वर्षको समय अवधिमा शहरी विकास मन्त्रालयका तर्फबाट १ सय ३० जनाले वैदेशिक भ्रमण गरेका छन् ।

अन्तर्राष्ट्रिय स्तरका विभिन्न सेमिनार, तालिम, प्रर्दशनी र अवलोकन जस्ता कार्यक्रमको शीर्षकमा ती भ्रमण भएको देखिन्छ ।

मन्त्रालयको मनोनयनमा शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक पद्मकुमार मैनाली सबैभन्दा धेरैदिन वैदेशिक भ्रमण गएका छन् । 

मैनाली नीति निर्माताका लागि नेतृत्व विकाससम्बन्धी ७० दिने तालिम कार्यक्रमका लागि सिंगापुर, विश्व शहर दिवसको कार्यक्रममा युके र ७० औं रियल स्टेट कांग्रेसमा सहभागी हुन ५ दिने भ्रमणका लागि कोरिया गएका छन् ।

मन्त्रालयको मनोनयनमा विभागकै महानिर्देशक मणिराम गेलालले ३ पटक र उपमहानिर्देशक द्वारिका श्रेष्ठले ३ पटक विदेश भ्रमण गर्ने अवसर प्राप्त गरे ।

मन्त्रालयकै मनोनयनमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख आशिष घिमिरेले ३ पटक वैदेशिक भ्रमण गर्ने अवसर प्राप्त गरे । काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारी मन्त्रालयका तर्फबाट २ पटक विदेश भ्रमण गरे ।

मन्त्रालयका सहसचिव कृष्णप्रसाद दवाडी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख आशिष घिमिरे र सघन शहरी तथा भवन निर्माण आयोजना झापाका इञ्जिनीयर विदूर खड्काले ०७५ चैत्र २६ गतेदेखि ०७६ वैशाख ७ गतेसम्म १२ दिने स्पेन र फ्रान्सको अध्ययन भ्रमण गरे । 

विशेष कार्यक्रमविना नै ती अधिकारीहरूले उक्त भ्रमण गरेको मन्त्रालयबाट प्राप्त सूचनामा देखिन्छ । तर, मन्त्रालयका लेखा महाशाखा प्रमुख कमल सापकोटा भने भ्रमण एसियाली विकास बैंकको आयोजना एवं खर्चमा भएको र सो भ्रमण कार्यक्रम वाग्मती र स्वच्छ खानेपानीसँग सम्बन्धित रहेको बताउँछन् ।

आर्थिक वर्ष २०७५/०७६ मा मन्त्रालयबाट नेपाल सरकारको आर्थिक व्ययभारमा जम्मा १ शीर्षकको भ्रमण कार्यक्रम भयो । अन्य भ्रमणहरू दाताको खर्चमा भएका छन् ।

‘ह्युमन सेटलमेन्ट तथा शहरीकरण’ विषयमा सन् २०१९ मे २७ देखि २९ सम्म केन्यामा भएको कार्यक्रममा सरकारी खर्चमा ४  जना सहभागी भएका थिए । उक्त भ्रमणमा १२ लाख ६० हजार ८३ रुपैयाँ खर्च भएको देखिन्छ ।

हेर्नुहोस्, यसअघिका भागहरू :

भाग– ३९ : एकै मन्त्रालयबाट १० महिनामा ३६ लाखभन्दा बढीको सवारी मर्मत, ऐन-नियम उपेक्षा गरी जथाभावी खर्च !

भाग– ३९ : कृषकका नाममा आफैं विदेश उड्छन् कर्मचारी, एकै मन्त्रालयबाट २ वर्षमा ७३८ जना भ्रमणमा

भाग– ३८ : ल्यापटप, मोबाइलदेखि ब्रिफकेससम्म सरकारी, सरुवा भएर जानेले समेत गर्दैनन् फिर्ता !

भाग– ३७ : ‘सौखिन’ सचिव दिनैपिच्छे फेर्छन् गाडी, ४ पांग्रे सवारीमा मन्त्रीका सल्लाहकारको रजाइँ

भाग– ३६ : मन्त्रीका पत्नी र छोराछोरीलाई सरकारी गाडी ! इन्धनमा चरम दुरुपयोग

भाग– ३५ : सरकारी गाडी मर्मतमा चालकदेखि वर्कशपसम्म ‘सेटिङ’, एकै गाडी महिनामा ३ पटकसम्म मर्मत !

भाग– ३४ : सरकारलाई कर्मचारीभन्दा गाडी पाल्न महंगो ! [लोकान्तर खोज]

लोकान्तर समाचार प्रभाव : ऊर्जा मन्त्रालयबाट फिर्ता भए विद्युत् प्राधिकरणका गाडी

भाग- ३३ : १ रुपैयाँमा गिलास र मार्कर, १२ रुपैयाँमा पेनड्राइभ किन्छ मन्त्रालय !

भाग- ३२ : पूर्व पदाधिकारीका नाममा शरणार्थी नेतालाई गृहको गाडी, सल्लाहकारलाई २ सय ४० लिटर इन्धन

भाग- ३१ : राजधानीमा पानी बाँड्न नसक्ने केयूकेएलमा गाडी नै गाडी, कर्मचारीलाई मासिक १६० लिटर इन्धन !

भाग- ३० : निरन्तर घाटामा गएको निगमका १३ हाकिमलाई असीमित इन्धन सुविधा, एउटै नम्बरका २ गाडी !

भाग- २९ : सुदूर प्रदेशका मन्त्रीको ध्यान मोजमस्तीमा : धमाधम गाडी खरिद, विकासलाई बेवास्ता !

भाग- २८ : मुख्यमन्त्री कार्यालयमा ब्रह्मलुट : एक हातमा करार नियुक्ति, अर्को हातमा सवारी साधनको 'चाबी' !

भाग- २७ : विद्युत् प्राधिकरणका गाडीमा गडबडी, पुलका गाडी पनि रातो प्लेटमा !

भाग- २६ : सवारी सुविधामा बेमेल : महानिर्देशकलाई २१ लाखको गाडी, मातहत कर्मचारीलाई ७५ लाखको !

भाग- २५ : इन्धनमा आयल निगमका कर्मचारीको हालीमुहाली, निगमकै गाडीमा मन्त्रीको रजाइँ !

भाग- २४ : राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मलाई परराष्ट्रका ‘बुलेटप्रूफ’ गाडी, बिग्रेको गाडी प्रदेश सरकारलाई !

भाग- २३ : सर्वाेच्च न्यायमूर्तिको ‘गैरकानूनी परम्परा’ : नयाँ गाडी किन्दै, घर लैजाँदै !

भाग- २२ : सेवासुविधा निर्देशिका नै मान्दैनन् सिंहदरबारका कर्मचारी, सवारीसाधन प्रयोगमा छाडा

भाग- २१ : महानगरमा महाबेथिति : सरकारी गाडीलाई रातो प्लेटमा निजीझैं चरम दुरुपयोग

भाग- २० : संसद सचिवालयले बाँड्छ ३१ पदाधिकारीलाई इन्धन, देउवादेखि नेम्वाङसम्मले लिन्छन् सुविधा

भाग- १९ : उद्योगमन्त्री यादवलाई तीनवटा गाडी, मन्त्रालयको गाडीमा शाखा अधिकृतसम्मको रजाइँ !

भाग- १८ : योजना आयोगमा उपाध्यक्षलाई दुई गाडी, सदस्य समेतलाई मासिक १८० लिटर इन्धन

भाग- १७ : मन्त्रीका स्वकीय सचिवसम्मलाई विभागको गाडी, सचिवलाई दिइएको जगेडा गाडी नै झण्डै एक करोडको !

भाग- १६ :‘आदर्शवादी’ अर्थमन्त्रीको निजी सचिवालय : तीन कर्मचारीलाई महंगा-महंगा पाँच गाडी !

भाग- १५ : सिँचाइ नपाएर लाखौं हेक्टर खेतीयोग्य जमिन बाँझै, करोडका गाडी किनेर बाँड्छ सिँचाइ विभाग

भाग- १४ : कृषि मन्त्रालयमा लूट : मन्त्री र राज्यमन्त्रीकै प्रयोजनमा ११ गाडी, ४ मोटरसाइकल !

भाग- १३ : सिंहदरबारभित्रै चरम बेथिति, उपसचिवले पनि लिन्छन् मन्त्रीसरह इन्धन !

भाग- १२ : सरकारी सम्पत्तिमा खिया : वन विभागका ६० प्रतिशतभन्दा बढी गाडी कुहिएर उम्रियो झार !

भाग- ११ : प्रधानमन्त्रीकै वरिपरि अपारदर्शी कर्मचारी, २२ दिन कुराएर सूचना दिन कन्जुस्याइँ

भाग- १० : विद्युत् प्राधिकरणको गाडीमा मन्त्रीको रजाइँ, सचिवालयका २ सहित ४ गाडी मन्त्रीको प्रयोजनमा

भाग- ९ : सरकारी गाडीमा मन्त्रीका सल्लाहकारको रजाइँ- कसैलाई प्राडो, कसैलाई पजेरो !

भाग- ८ : उपराष्ट्रपतिकै प्रयोजनमा १० गाडी, फरक ब्राण्ड र समयमा किनिएका गाडीको मूल्य उही !​

भाग- ७ : मानव अधिकार आयोगमा गाडीको लश्कर, अध्यक्षभन्दा सदस्य चढ्छन् महंगो र नयाँ गाडी

भाग- ६ : सञ्चार मन्त्रालयका पाँच गाडी ‘पूल’मा, क–कसले लिन्छन् सवारी सुविधा ?

भाग- ५ : भूमि व्यवस्था मन्त्रीको सचिवालयलाई नै दुई गाडी, पाँचवटा बिग्रिएर प्रयोगविहीन !

भाग- ४ : यातायात मन्त्रालयका सचिवलाई सेतो र रातो प्लेटका दुई गाडी, एउटैको मूल्य करोडभन्दा बढी !

भाग- ३ : शहरी विकासमा मन्त्रीका आसेपासेको रजगज, सचिवलाई दिउँसो र बेलुका बेग्लाबेग्लै गाडी !

भाग- २ : महिला मन्त्रीलाई काठमाडौंभित्र र बाहिरलाई छुट्टाछुट्टै गाडी, उपसचिवलाई मन्त्रीसरह इन्धन !

भाग- १ : खेलकुद मन्त्रालयका सचिवलाई दुई विलासी गाडी, कार्यालय सहयोगीसम्मलाई सवारी सुविधा [विवरणसहित]

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x