२२ असार २०८३, सोमबार

श्वेतपत्रपछि लगानीकर्ता आशावादी, बढ्ला शेयर बजार ?

चैत १६, २०७४
श्वेतपत्रपछि लगानीकर्ता आशावादी, बढ्ला शेयर बजार ?

काठमाडौं, १६ चैत-सरकारले जारी गरेको श्वेतपत्रमा पूँजी बजारलाई गरेको सम्बोधनले लगानीकर्ताहरू आशावादी देखिएका छन् ।

वाम गठबन्धनको सरकार बनेपछि दिनहुँ बजार ओह्रालो लागिरहेको शेयर अब सुधार हुने लगानीकर्ताहरूको आशा छ ।

लगानीकर्ता दीपेन्द्र अग्रवालले सरकारको आधिकारिक अर्थनीति आइनसक्दै शेयर बजारमा तरंग पैदा भए पनि श्वेतपत्रले स्पष्ट रूपमा सम्बोधन गरेकाले बजारमा सकारात्मक सन्देश गएको बताए ।

श्वेतपत्रमा नेपालको पूँजी बजार सतही रहनुका साथै दायरा संकुचित रहेको उल्लेख गरिएको छ ।

श्वेतपत्रमा उल्लेख छ, ‘पूँजी बजारमा हाल २०८ कम्पनी सूचिकृत रहे पनि तीमध्ये ७५ प्रतिशत वित्तीय संस्थाहरू छन् । पूँजी बजारको कूल कारोबारमा वित्तीय संस्थाहरुको अंश ८१ प्रतिशत रहेको छ । अर्थतन्त्रमा साधन परिचालन गर्न पूँजीबजार सशक्त माध्यम भएता पनि यस्तो बजार हाल धीतोपत्रमा मात्रै सिमित रहेको छ । पूँजी बजारलाई ऋण बजरको रूपमा विकास गर्न सकिएको छैन । समग्रमा पूँजी बजारमार्फत ठूलो परिमाणको स्वलगानी परिचालन गर्न संस्थागत र नीतिगत सुधारको आवश्यकता देखिएको छ ।’ 

श्वेतपत्रले शेयर लगानीसम्बन्धी ज्ञानको अभाव रहेकाले यसको सुधारमासमेत जोड दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्