
बहुचर्चित कालो हरिण शिकार अभियोगमा फिल्म अभिनेता सलमान खान दोषी ठहर भएका छन् ।
२० वर्ष देखि मुद्दा झेल्दै आएका उनलाई अदालतले दोषी ठहर गरेको हो । फैसला भने केही बेरमा आउने छ ।
के हो मामला ?
सलमान खान विरुद्ध कालो हरिणको शिकार गरेको विषयको मुद्दा २० वर्ष पहिलादेखि जोधपुरमा चलिरहेको छ । यसअघि जोधपुर अदालतले उनलाई अलग अलग मामलामा पाँच वर्ष र एक वर्षको सजाय सुनाएको थियो । तर सलमान खान उच्च अदालतबाट छुटे ।
दुवै मामलामा राजस्थान सरकारले उच्च अदालतको फैसला विरुद्ध अपिल गरेको थियो । जबकि आम्र्स एक्टको मामलामा पनि सलमान तल्लो कोर्टबाट छुटेका थिए ।
सेप्टेम्बर १९९८ राजस्थानमा फिल्म निर्माता सुरज बडजात्याको फिलम ‘हम साथ साथ है’ को शुटिङ चलिरहेको थियो । सलमान सहित अभिनेता सेफ अली खान, सोनाली बेन्द्रे, तव्वु तथा नीलम पनि यस फिल्ममा काम गरिरहेका थिए । यी कलाकार माथि पनि संरक्षित जनावर कालो हरिणको शिकार गरेको आरोप लागेको थियो । तर विहीबार अदालतले सलमान बाहेका अन्य आरोपीलाई मुक्त गरेको छ ।
कालो हरिण शिकार अभियोगामा कुल चार केस दर्ता भएका थिए । सलमानमाथि मथानिया तथा भवादमा हरिणको शिकारका दुई छुट्टा छुट्टै अभियोग लगाइएको छ । यसका साथ साथ उनीमाथि राइफल राखेको खभियोग पनि लागेको छ ।
यो मामला कंकाणी गाउँको हो । जहाँ १–२ अकटुबर १९९८ को रात दुई कालो हरिणको शिकार गरिएको थियो ।
हरिण शिकारको मामला तथा घोडा फार्म हाउस शिकार मामलामा १२ अकटुबर १९९८ देखि १७ अक्टुबर सम्म प्रहरी तथा न्यायिक हिरासतमा रहेका थिए । १० देखि १५ अप्रिल २००६ सम्म ६ दिनका लागि उनी केन्द्रीय कारागारमा बसेका थिए ।
कयौं प्रोजेक्ट संकटमा
सलमान अहिले कयौं प्रोजेक्टमा व्यस्त छन् ।
उनी अहिले रेस ३ को सुटिङ गरिरहेका छन् । रेमो डिसुजाको निर्देशनमा बनिरहेको यो फिल्मको शुटिङ आधा भएको छ । फिल्मको बजेट १ सय करोड रुपैयाँ हो । सलमान मुख्य भूमिकामा छन् । यदी सलमानले लामो सजाय पाए लगानी कर्ताको रकम फस्न सक्छ ।
सलमान खाल भारत नामको फिल्ममा पनि काम गरिरहेका छन् । जो कोरियन फिल्म अड टू माइ फादरको हिन्दी रिमेक हो । यदी सलमानलाई लामो सजाय भए फिल्मको काम रोकिने छ ।
दवंगको सीरिज दवंग ३ मा पनि सलमान रहने तय छ । यस फिल्मको शुटिङ यसै सालको अन्तिममा शुरु गर्ने तयारी छ ।
विग बोस १२ मा सलमान खालले होस्ट गर्ने तय भइसकोे छ । अक्टुबरमा शुरु हुने शोका लागि सलमानले ११ करोड रुपैयाँ लिन तय भइसकेको छ यदी उनलाई सजाय भएको खण्डमा यो शोमा पनि नयाँ होस्ट खोज्नु पर्ने हुन्छ ।