०३ असार २०८३, बुधबार

जेलयात्रापछि के हुन्छ सलमानको नेपाल ‘दवङ द टुर’, पाँच करोड फिर्ता आउला ?

जेलयात्रापछि के हुन्छ सलमानको नेपाल ‘दवङ द टुर’, पाँच करोड फिर्ता आउला ?

काठमाडौं २२ चैत– कालो हरिण काण्डमा दोषी ठहरिएसँगै पाँच वर्षको जेल सजाय पाएपछि सलमान खानका फ्यान निराश भएका छन् । 

भारतीय फिल्म उद्योगका हस्ती सलमानलाई पाँच वर्षको जेलसँगै १० हजार रुपैयाँ सजाय सुनाइएको छ । 

२० वर्ष पुरानो मुद्दामामा सजाय पाएसँगै सलमानका कयौं प्रोजेक्टहरु संकटमा परेका छन् भने उनलाई करोडौं रुपैयाँ घाटा लागेको छ । 

उनले अभिनय गरिरहेको केही फिल्म र उनलाई लिएर बन्न लागेका फिल्महरु संकटमा पर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

उनको एक प्रोजेक्ट नेपालमा पनि हुन लागेको थियो । जसलाई दबंग टुर नाम दिइएको थियो । १० मार्चमा हुने तय भएको उक्त कार्यक्रम नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिष्ट पार्टीको विरोधका कारण उनको शो स्थगित भएको थियो । उक्त शोका लागि सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार उपस्थित हुने भनिएको थियो । 

आयोजक ओडीसी इन्टरनेशनलले झन्डै ५ हजार थान टिकट बेचिइसकेको थियो । तर शो स्थगित भयो । 

सलमान खान र उनको टिमका लागि आयोजकले पाँच करोड दिइसकेका छन् । उनको शो केही समयपछि गर्ने ओडीसीले जनाएको थियो । तर, सलमान खानले हरिण प्रकरणमा पाँच वर्षको जेल सजाय पाएपछि उनको नेपाल टुर अन्यौलमा पर्ने देखिएको छ । उनको शो हेर्नका लागि पैसा दिएकाहरुले केही समयपछि त्यही टिकट बाट हेर्न पाउने आयोजकले जनाएका थिए । 

तर सलमानले स्थानीय अदालतको पाँच वर्ष कैदको फैसलाको जमानतको लागि माथिल्लो अदालत गुहार्न भने सक्नेछन् । 

उनलाई आजै माथिल्लो अदालतमा जमानतमा छोड्नाका लागि याचिका दर्ता गर्ने उनका वकिलले तयारी गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्