२५ जेठ २०८३, सोमबार

संयुक्त पत्रकार सम्मेलनमा के भने भारतीय प्रधानमन्त्री मोदीले ?

चैत २४, २०७४
संयुक्त पत्रकार सम्मेलनमा के भने भारतीय प्रधानमन्त्री मोदीले ?

नयाँ दिल्ली, २४ चैत– नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गरेका छन् । 

पत्रकार सम्मेलनको शुरुमा आफ्नो भनाइ राखेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीको भारत भ्रमण नेपालमा सम्पन्न भएको निर्वाचनको ऐतिहासिक पृष्ठभूमिमा भएको बताउँदै चुनावको सफलता र सरकार नेपालको ठूलो उपलब्धि भएको बताए । 

यसका लागि नेपालका जनता र सरकारलाई हृदयबाट अभिनन्दन गर्न चाहेको मोदीले बताए । 

आफ्नो सम्बोधनमा मोदीले नेपालको राजनीतिक इतिहासमा एउटा नयाँ युगमा प्रवेश गरेको बताउँदै भएको र यो भारतको लागि हर्षको विषय भएको बताए । 

नेपालको विकासका लागि आफ्ना योजनाहरु बारे नेपालका प्रधानमन्त्री केपी ओलीले आफूसँग कुरा गरेको बताउँदै मोदीले नेपालको विकासको साझेदार बन्न भारत तयार रहेको बताए । 

‘हाम्रो नारा एक अर्काको पुरक हुन्,’मोदीले भने,‘ नेपालको आर्थिक बिकास र समृद्धिको बाटोमा भारतले सधै सहयोग गरिरहने छ ।’ 

मोदीले नेपालाई समुद्रसँगको ‘कनेक्टिभिटी’ मिल्ने भन्दै सगरमाथाको देश सागरसँग जोडिने बताए । 

मोदीले प्रधानमन्त्री ओलीसँग काठमाडौंलाई भारतसँग रेल मार्फत जोड्ने सहमति भएको बताए । 

‘आजको हाम्रो भेटमा हामीले ‘कनेक्टिभिटि’ को सबै प्रोजेक्टमा सहमति गरेका छौं’ मोदीले संयुक्त पत्रकार सम्मेलनमा भने,‘यी सबै कुरामा काम गर्न हामि प्रतिबद्ध छौं ।’ 

कृषि क्षेत्रमा नयाँ भागिदारी को शुरुवात गरेको बताउँदै मोदीले भने,‘हामी पञ्चेश्वर, सुनकोसी जस्ता परियोजनामा काम गर्न सहमत छौं ।’

खुल्ला सीमाको दुरुपयोग रोक्न  र साझा सुरक्षाको हितमा काम गर्न दुई देश सहमत भएको मोदीले बताए । 

विकासको हाम्रो भिजनलाई साकार गर्न यो भेटले महत्वपूर्ण भूमिका खेल्ने मोदीले विश्वास लिए । 
 

salt training

कमेन्ट गर्नुहोस्