२२ असार २०८३, सोमबार

प्रधानमन्त्री ओलीले सार्वजनिक गरे सम्पत्ति–बैंकमा ७७ लाख, डेढ रोपनीमा दुईवटा घर

प्रधानमन्त्री ओलीले सार्वजनिक गरे सम्पत्ति–बैंकमा ७७ लाख, डेढ रोपनीमा दुईवटा घर

काठमाडौं, ९ जेठ– केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । 

सार्वजनिक भएको विवरण अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग श्रीमती राधिको शाक्यसहितको गरि ७७ लाख रुपैयाँ वैंक व्यालेन्स रहेको छ । 

प्रधानमन्त्री केपी ओलीको आफ्नो नाममा एभरेस्ट बैंक मा ४२ लाख रकम मौजाद रहेको उल्लेख गरिएको छ । 

त्यस्तै ओली पत्नी राधिकाको नाममा माछापुच्छ«े बैंक, प्रभु बैंक राष्ट्रिय बचत पत्रमा गरि ३५ लाख रकम रहेको छ । शाक्य नेपाल राष्ट्र बैंककी पूर्व प्रथम श्रेणीकी कर्मचारी हुन् । 

त्यसैगरि प्रधानमन्त्री ओलीको पत्नी राधिकाको नाममा भक्तपुर सूर्यविनायक नगरपालिका २ मा साढे एक रोपनी जग्गामा बनेको तीन तल्ले दुईबटा घर रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । 

त्यस्तै झापामा  शाक्यको नाममा १० कठ्ठा जमिन रहेको छ जुन स्वआर्जनबाट प्राप्त भएको जनाइएको छ । 

ओलीले पेश गरेको सम्पत्ति विरणमा सुनका गरगहना १७ तोला रहेको उल्लेख गरिएको जनाइएको छ ।

सम्पत्ति विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् 

मन्त्री लालबाबुको सम्पत्ति– बैंकमा ५५ लाख, घरमा पुरानो साइकल !

 

salt training

कमेन्ट गर्नुहोस्