२९ जेठ २०८३, शुक्रबार

नेकपालाई कांग्रेसको कटाक्ष– उतै जिउ तानेर बस्नुहोला, यता खुट्टा पसार्न पाइँदैन

नेकपालाई कांग्रेसको कटाक्ष– उतै जिउ तानेर बस्नुहोला, यता खुट्टा पसार्न पाइँदैन

काठमाडौं ३ असार– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा आफूहरुको उपस्थितिप्रति सत्तापक्षका सांसदलाई असैह्य हुन थालेको कटाक्ष गरेको छ । 

प्रतिनिधि सभाको आइतवारको बैठकमा सभामुखसँग समय लिएर नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजालले कांग्रेसको उपस्थिति नै सत्ता पक्षका लागि पच्न छाडेको आरोप लगाएका हुन् । 

‘प्रतिपक्षले प्रश्न सोद्धा सत्ताका माननीयलाई असह्यै होला, हुनत कांग्रेसको उपस्थिति नै पच्न छाडेको छ । कांग्रेस कहिले जाला भनेर माला फिजाउन थालिएको छ’ रिजालले संसदमा भने, ‘संसदमा हाम्रो उपस्थिति जत्रो होला, हामी संसद छाडेर जाँदैनौ । सरकारलाई जनताप्रति उत्तरदायी बनाउछौ ।’

यसअघि संसदको बैठकमा रिजालले संसदमा ठाउ नपाए सदन छाडने चेतावनी दिएका थिए । ‘यतापट्टि कुर्सी खाली भयो भने खुट्टा पसार्न पाँइदैन, बरु उतापट्टि सरकारको कुर्सी खाली हुने कुरा सुनिँदैछ, राम्रोसँग जिउ तानेर बस्नु होला ।’

रिजालले सत्तापक्षको कुर्सी खाली हुने भनेर को प्रति लक्षित गरेको भन्ने खुलाएनन् । 

संसदको शून्य समयमा कांग्रेसकी पुष्पा भुलालले सरकारका पछिल्ल क्रियाकलापले अधिनाकयवादको झल्को दिएको अरोप लगाइन । ‘मूल्यवृद्धिको विरोध गर्दा सुर्खेत, रामेछाम धादिगमा नेविसंघका कार्यकर्तालाई लाठी बर्साउने काम भएको छ । फेरि अधिनाकवाद र निर्दललियको झल्को देखियो’ उनले भनिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्