×

NMB BANK
NIC ASIA

काठमाडौं, ५ असार– स्वदेशमै देहत्याग गर्ने इच्छा अनुरुप आफैंले स्थापना गरेको बाँसवारीस्थित न्युरो अस्पतालमा उपचारकै क्रममा दिवंगत भएका डा. उपेन्द्र देवकोटाको शव आज दिउँसो श्रद्धाञ्जलिका लागि अस्पतालमै राखियो । अस्पतालमै पुगेर उच्च पदस्त व्यक्तित्व, राजनीतिक नेतृत्व, सहकर्मी, आफन्त र सर्वसाधारणले देवकोटाको योगदानलाई सम्झिँदै श्रद्धाञ्जलि अर्पण गरे ।

Muktinath Bank

पित्त थैलीको क्यान्सरबाट पीडित देवकोटाको सोमवार साँझ ५ः३५ बजे अस्पतालमा निधन भएको थियो । बेलायतमा ६ महिनाभन्दा लामो समय उपचार गर्दा पनि निको नभएपछि देवकोटाकै इच्छा अनुसार उनलाई बैशाख पहिलो साता नेपाल ल्याइएको थियो । देवकोटा जन्मभूमि र मातृभूमिलाई अत्यन्तै प्रेम गर्ने र प्राथमिकतामा राख्ने गर्थे । देहत्याग गर्नुभन्दा केही दिनअघि जन्मभूमि गोरखा पुग्ने इच्छा व्यक्त गर्नु र परिवारले इच्छा पूरा गरिदिनुले मातृभूमिप्रति देवकोटाको लगावलाई प्रमाणित गर्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

श्रद्धाञ्जलिका लागि राखिएको देवकोटाको पार्थिव शरीरको शिरमा लगाइएको ढाकाटोपीले राष्ट्रप्रतिको सम्मानलाई झल्काउँथ्यो । ढाकाटोपीले स्वर्गारोहणपछि पनि उनको अनुहार जाज्वल्य देखिन्थ्यो । पार्थिव शरीरको सामुन्ने भित्तामा टाँसिएको देवकोटाको हँसिलो तस्बिरले ‘देवकोटा अझै जिउँदै छन् कि !’ भन्ने गहिरो भान हुन्थ्यो । अद्भूत प्रतिभाका कारण विदेशमै आकर्षक अवसर हुँदाहुँदै पनि नेपाली बिरामीको सेवा गर्ने उद्देश्यका साथ देवकोटाले स्वदेशलाई नै कर्मथलो रोजेका थिए ।


Advertisment
Nabil box
Kumari

पितृशोकको गहिरो पीडामा समेत देवकोटाका छोरीले आफूलाई सम्हालेर समवेदना ग्रहण गरिरहेका थिए । छोरीहरू मेघा, बसुधा र मञ्जरी दिवंगत बुबाको पार्थिव शरीर अगाडि मिल्दोजुल्दो पोशाकमा देखिन्थे । अस्पतालका अनुसार देवकोटा पत्नि डा. मधु दिक्षित देवकोटासहित ३ वटै छोरीले काजकिरीया गर्ने छन् । देवकोटाको काजकिरीया ७ दिनमा पूरा गरिने छ । आज (बुधवार) दिउँसो १ बजेसम्म देवकोटालाई श्रद्धाञ्जलिका लागि राखेपछि आजै पशुपति आर्यघाटमा विद्युतीय माध्यमबाट दाहसंस्कार गरिँदैछ । देवकोटाको निधनले स्वास्थ्य क्षेत्रमा ठूलो क्षति पुगेको छ । डा. देवकोटाप्रति हार्दिक श्रद्धाञ्जलि !
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x