
काठमाडौं – चिकित्सा शिक्षा क्षेत्रमा सुधारका विभिन्न माग राख्दै अनशनरत चिकित्सक डा. गोविन्द केसीको समर्थनमा प्रदर्शनकारीहरू छाता ओढेर सडकमा उत्रिएका छन् ।
केसीका समर्थकहरू छाता ओढेर माइतीघरमा प्रदर्शनमा उत्रिएका हुन् ।
केही समयअघि हङकङमा पनि यस्तै प्रकृतिको आन्दोलन भएको थियो । हजारौंको संख्यामा सरकारविरोधी प्रदर्शनकारी छाता ओढेर सडकमा उत्रिएका थिए ।
जुम्लामा अनशनरत केसीलाई आजै काठमाडौं ल्याउने सरकारी तयारी छ । उनले अनशन शुरु गरेको २० दिन भइसकेको छ ।
यता बिहीवार नै बस्ने प्रतिनिधिसभा बैठकमा चिकित्सा शिक्षा विधेयक पेश गर्ने तयारी सरकारले गरेको छ ।
माफियामुखी ऐन चाहिँदैन भन्ने व्यानरसहति प्रदर्शनकारीहरू माइतीघरबाट बानेश्वरतर्फ अघि बढेका छन् ।