२० असार २०८३, शनिबार

गोविन्द केसीका मागमा सहमति नजुटेपछि संसद बैठक ११ गते सम्मका लागि स्थगित

गोविन्द केसीका मागमा सहमति नजुटेपछि संसद बैठक ११ गते सम्मका लागि स्थगित

काठमाडौं – राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा सहमति जुटन नसकेपछि प्रतिनिधिसभाको बैठक सूचनामार्फत् साउन ११ गतेसम्मका लागि स्थगित भएको छ ।

बिहीवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारण देखाउँदै साउन ११ गते शुक्रवारसम्मका लागि स्थगित भएको हो । बिहीवारको बैठकमा विधेयक पेश गर्ने तयारी थियो ।

चिकित्सा शिक्षा क्षेत्रका विकृतिविरुद्ध अनशनरत त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका डा गोविन्द केसीका माग सम्वोधन गर्नेगरी विधेयक परिमार्जन गरेर ल्याउन मागगर्दै कांग्रेसले चेतावनी दिएको थियो ।

यसअघि डा. केसीका माग सम्बोधन गर्न माग गर्दै नेपाली कांग्रेसले शुक्रवार प्रतिनिधिसभाका दुईवटा बैठक अवरुद्ध गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्