०५ असार २०८३, शुक्रबार

ओलीप्रति अमरेशको कटाक्ष –ʻहामीले प्रश्न खड्गप्रसादसँग गर्ने कि करप्रसादसंँग ?ʼ

ओलीप्रति अमरेशको कटाक्ष –ʻहामीले प्रश्न खड्गप्रसादसँग गर्ने कि करप्रसादसंँग ?ʼ

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सरकारले जताततै कर बढाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् । उनले एउटै व्यक्तिसँग तीनठाउँमा कर लिन नपाइने बताए । 

प्रतिनिधि सभाको सोमवारेको बैठकको शून्य समयमा सांसद सिंहले करका कारण राजनीति र लोकतन्त्रप्रति जनतामा वितिष्णा उत्पन्न हुन थालेको बताएका हुन् । 

ʻअहिले जताततै करको कुरा चलिरहेको छ, कहिले मकै पौलनेलाई कर, कहिले ठेला वालालाई र हुँदा हुँदा खोलो तर्दापनि कर । हामीलाई समस्या के भयो भने हाम्रो संसदले माननीय खड्गप्रसाद ओलीलाई प्रधानमन्त्री बनाइदिएको थियो, जनताले सामाजिक सञ्जालमा करप्रसाद ओली बनाइदिएको छʼ प्रम ओलीप्रति सदनमा कटाक्ष गर्दै अमरेशले भने, ʻहामी कन्फ्युज भएका छौ, हाम्रो प्रश्न को सँग गर्ने खडगप्रसादसँंग कि करप्रसाद जीसँग ?ʼ

कर करै मारमा राजनीतिक र लोकतन्त्रप्रति जनताको वितिष्णा भएको भन्दै चाडै समस्या समस्या गर्न उनले सरकारसंग माग गरे । 

ʻकरमा एकरुपता हुनुपर्र्यो एउटै व्यक्तिलाई तीन ठाउमा कर लगाउन पाइदैनʼ उनले भने । 

बैठकमा नेकपाका सांसदहरुले भने कुनै गाउँपालिकाले अन्जानबस लगाएको करको बिषयलाई लिएर सरकारको बदनाम गर्ने कोशिष भएको भन्दै केन्द्रबाटै सुझाव सहित निर्देशन दिएर जथाभावी कर लिने काम बन्द गर्नुपर्ने बताएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्