×

NMB BANK
NIC ASIA

सांसदहरूलाई प्रधानमन्त्रीको प्रतिप्रश्न – सैन्य अभ्यासको कुरा कहाँबाट आयो ?

भदौ १९, २०७५

NTC
Premier Steels

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकलाई मिलिट्री प्याक्ट बनाउने गरी कुनै सम्झौता नभएको प्रस्ट पार्नुभएको छ ।

Muktinath Bank

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधनपछि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘बिमस्टेकलाई मिलिट्री प्याक्ट बनाउने कुरा कतै आएको छैन । नेपाल मिलिट्री प्याक्टमा विश्वास गर्दैन र पस्दा पनि पस्दैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यसमा हाम्रो कुनै सरोकार छैन ।’


Advertisment
Nabil box
Kumari

उहाँले सैन्य अभ्यासको कुराप्रति पनि अनविज्ञता प्रकट गर्नुभयो ।

Vianet communication

‘अचम्म त यो सैन्य अभ्यासको कुरा कहाँबाट आयो ? विभिन्न देशबीच सैन्य अभ्यास पहिलेदेखि नै चलेको हो,’ उहाँले भन्नुभयो, ‘ट्रेनिङका लागि हाम्रा सैनिक पनि बाहिर जाने गरेका छन् । यहाँ आएर मिलिट्रीको डिग्री लिने पनि छन् । राष्ट्रसंघीय सेनामा पठाउनुअघि पनि यस्तो अभ्यास हुन्छ । भारत, पाकिस्तान, चीन र अमेरिकासँग अभ्यास हुने गरेको छ ।’

प्रधानमन्त्री ओलीले नेपाली सेनाप्रतिको विश्वास कामबाटै पुष्टि भएको समेत बताउनुभयो । ‘नेपाली सेनाप्रतिको विश्वास कामबाट देखिएको छ । नेपाली सेना र सुरक्षा निकायले रातदिन खटेर सुरक्षामा कुनै पनि ल्याप्सेस हुन दिएनन् । एउटा मोटरसाइकल चिप्लिएर आफैं घाइते भए । गालामा चोट लाग्यो । तर अरुलाई चोट लाग्न दिएनन् । त्यसले सुरक्षा क्षमता प्रष्ट भएन र ?’

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भारतीय सेना आएको विषयमा भने प्रस्ट जवाफ दिनुभएन ।

राष्ट्रियतालाई बचाउन आफूले खेलेको भूमिकाको स्मरण गरेको भन्दै उहाँले प्रश्न सोध्ने सांसदहरूलाई धन्यवाद पनि दिनुभयो । ‘राष्ट्रलाई बचाउने मेरो भूमिकाको स्मरण गर्नुभएकोमा धन्यवाद,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘साथीहरूले चिन्ता जाहेर गर्नुभयो, तर देशको हितविपरीत कुनै कदम चालिने छैन । कुनै नीति लिइने छैन । आधारभूत नीतिविपरीत हुने कुनै काम हुँदैन ।’

प्रधानमन्त्री ओलीले बिमस्टेक सार्कको विकल्प नभएको समेत प्रस्ट पार्नुभयो ।

त्यसअघि सांसदहरूले बिमस्टेक राष्ट्रहरूबीचकाे सैन्य अभ्यास, भारतीय प्रधानमन्त्रीसँग भारतीय सेना आएकाे प्रस‌ंग, बिमस्टेक सार्कको विकल्प त होइन भन्ने आशंका लगायतका विषयमा प्रश्न सोधेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x