०८ साउन २०८३, शुक्रबार
रास्वपा महाधिवेशन

रञ्जु दर्शनाले पनि लिइन् उम्मेदवारी फिर्ता, महामन्त्रीमा विपिनलाई ५ उम्मेदवारको समर्थन

असार १२, २०८३
काठमाडौं
रञ्जु दर्शनाले पनि लिइन् उम्मेदवारी फिर्ता, महामन्त्रीमा विपिनलाई ५ उम्मेदवारको समर्थन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा महामन्त्री पदका ५ जना उम्मेदवारले विपिनकुमार आचार्यलाई समर्थन गरेका छन् ।

पछिल्लो पटक रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी फिर्ता लिएर आचार्यलाई समर्थन गर्ने भएकी हुन् ।

यसअघि, निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटी, गणेश पराजुली, प्रमोद न्यौपाने र जगदीश खरेलले आफ्नो उम्मेदवारी फिर्ता लिएर आचार्यलाई समर्थन गर्ने घोषणा गरेका थिए ।

६ दिनदेखि जारी महाधिवेशनमा हिजोराति बल्ल केन्द्रीय सदस्यहरूको निर्वाचन भएको थियो । त्यसपछि दोस्रो चरणमा आज पदाधिकारी चयन गर्न लागिएको हो ।

पदाधिकारीका लागि महिला उपसभापति- १, महामन्त्री- १ र सहमहामन्त्री- ३ पदका लागि निर्वाचन हुँदैछ ।

सहमहामन्त्री तीन मध्ये १ महिला हुनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्