×

NMB BANK
NIC ASIA

वामदेवको आरोप– बर्दियामा हराउनेहरू फेरि सक्रिय भए

असोज २५, २०७५

NTC
Premier Steels

काठमाडौं –काठमाडौं क्षेत्र नम्बर ७ का निर्वाचित सांसद रामवीर मानन्धरलाई राजीनामा गर्न लगाएर नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई उम्मेदवार बनाउन लागेको चर्चापछि राजनीति तरंगित भएको छ । 

Muktinath Bank

सत्तारुढ दल नेकपाका नेता/कार्यकर्ता वामदेव प्रकरणमा विभाजित भएका छन् भने अन्य कतिपयले पनि यसको विरोध गरेका छन् । तर सांसद बन्ने महत्त्वाकांक्षा राखेका गौतमले भने विकास निर्माणका लागि आफू प्रतिनिधिसभामा जान चाहेको बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गौतमले अधिकार सम्पन्न विकास प्राधिकरण गठन गरेर त्यसको नेतृत्व आफूले गर्ने बताएका हुन् ।  


Advertisment
Nabil box
Kumari

बीबीसी नेपाली सेवासँगको कुराकानीमा नेता गौतमले संसद्मा धेरै सांसद भएपनि उनीहरूमा उर्जा नभएको र उनीहरूलाई उर्जाशील बनाउन पनि आफ्नो भूमिका महत्त्वपूर्ण हुने दाबी गरे ।

Vianet communication

समृद्धिको लक्ष्य लिएको सरकारलाई सफल बनाउन विकास प्राधिकरण महत्त्वपूर्ण भएको र त्यसमा नेकपाका दुवै अध्यक्ष सहमत भएको गौतमको दाबी छ ।

‘मैले के माग गरेको छु भने म प्रतिनिधिसभामा गएपछि विकास निर्माण प्राधिकरणको जिम्मेवारी दिनुस्, तपाईंहरू पैसा जम्मा गर्न सक्नुहुन्न भने म आफैं गर्छु र निर्वाचन घोषणा पत्रमा भएका सबै कामहरू गरेर देखाउँछु,’ वामदेवले भने, ‘दुवै अध्यक्ष त्यसमा सकारात्मक हुनुहुन्छ ।’

त्यस्तो प्राधिकरणले प्रधानमन्त्रीको सहयोगीका रूपमा ठूला विकासका काम गर्ने उनको भनाइ छ ।

बर्दियामा हराउनेहरू फेरि सक्रिय !

नेता गौतमले आफूलाई संसदमा लैजाने कुराको विरोधमा पार्टीकै केही शीर्षस्थ नेताहरू सक्रिय भएको आरोप लगाएका छन् । आफूले काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा गर्न लगाएको कुरामा सत्यता नभएको नेता गौतमको भनाइ छ ।

‘रामवीर मानन्धरलाई मैले चाहिँ भनेको होइन आफैँ बुझेर मसँग भेट गरेर उहाँ तयार हुनुभएको हो,’ नेता गौतमले भने, ‘उहाँलाई जसरी हतोत्साहित गरिँदै छ, जसरी धम्की आइरहेको छ, जसरी उहाँलाई बदनाम गर्न खोजिँदैछ त्यो ती पत्रहरू हुन्, जसले बर्दियामा अन्तर्घातका लागि सबै किसिमका संरचना तयार गरेर काम गरे ।’

नेता गौतमले आफूलाई बर्दियामा पराजित गर्न पूर्व एमालेका केही शीर्ष नेता नै लागेको यसअघि नै आरोप लगाएका थिए । 

वामदेवलाई सांसद बनाउन रामवीरलाई राजीनामा गर्न लागइन लागेको चर्चाका बीच नेकपाका अध्यक्ष पुष्पकमल दाहालले हार्ने अवस्थामा चुनाव नहुने बताएका छन् । 

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले नेकपाको सीट गुम्नेगरी चुनाव नहुने स्पष्ट पारेका हुन् । 

नेता/कार्यकर्ताले नै रामवीरको राजीनामा र वामदेवका लागि उपचुनाव गर्न लागिएको भन्दै विरोध जनाएपछि नेकपामा संकट आइपरेको छ ।

वामदेवलाई साथ दिइरहेका प्रचण्डले वामदेवले हार्ने अवस्थामा चुनाव नहुने बताएसँगै काठमाडौंको क्षेत्र नम्बर ७ मा वामदेव उम्मेदवार बन्ने सम्भावना लगभग टरेको कतिपयको बुझाइ छ । उसो त सचिवालयमा पनि वामदेवको पक्षमा कम सदस्य मात्र रहेपछि थप संकट चुलिएको छ ।

ओली नै असन्तुष्ट !

आफू पक्षधर सांसद रामवीर मानन्धरले अर्का अध्यक्ष प्रचण्डलाई राजीनामा बुझाएपछि पार्टी अध्यक्ष ओली आश्चर्यमा परेका छन् । 

आफूसँग कुनै सल्लाह नगरी मानन्धरले प्रचण्डलाई राजीनामा बुझाउनु शंकास्पद् भएको ओली पक्षको बुझाइ छ । मानन्धरले दिने भनेको राजीनामा र वामदेवको विषयमा पार्टीका शीर्ष नेतृत्वमा छलफल भइरहेको छ । 
रामवीरलाई कारवाहीको माग

पाँच वर्षका लागि जनताले चुनेका प्रतिनिधिले कुनै एक व्यक्तिका लागि पद छाड्न लागेको भन्दै रामवीर मानन्धरको विरोध भइरहेको छ । उनले जनमतको कदर नगरेको भन्दै उनीविरुद्ध नै स्थानीय नेता कार्यकर्ता उत्रिएका छन् । रामवीरले राजीनामा दिने घोषणा गरेसँगै नेवार बाहुल्य रहेको क्षेत्रको एक गुठीले उनलाई प्रदान गरेको सम्मान नै फिर्ता गर्नेसम्मको घोषणा गरिसकेको छ ।

यसैबीच एमालेको पूर्व जिल्ला कमिटीले पार्टी नेता कार्यकर्तासँग छलफल र सल्लाह नगरी राजीनामा गर्ने निर्णय गरेको भन्दै रामवीरको विरोध गरेको छ । बुधबार मात्र काठमाडौं प्रदेश ७ को ‘क’ र ‘ख’ बाट निर्वाचित नेकपाका सांसद वसन्त मानन्धर र प्रकाश श्रेष्ठले प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए । उनीहरूले रामवीरले राजीनामा गर्ने घोषणा गरेसँगै उक्त क्षेत्रको अवस्थाबारे अध्यक्षलाई जानकारी गराएका थिए ।

वर्तमान अवस्थामा वामदेव गौतमलाई निर्वाचित गर्न नसकिने र रामवीरको पछिल्लो क्रियाकलापले जनतामा आक्रोश सिर्जना भएको उनीहरूको भनाइ थियो । नेकपाका कतिपय नेता कार्यकर्ताले जनभावनाविपरीत केही व्यक्ति र शक्तिको पछि लागेर निर्णय गरेको भन्दै रामवीरलाई कारवाहीको माग गरेका छन् । 

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने रामवीरको राजीनामा र गौतमको संसदयात्राबारे नेकपाभित्र अहिलेसम्म छलफल नै शुरू नभएको भन्दै पार्टी निर्णय पर्खनुपर्ने बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x