२७ जेठ २०८३, बुधबार

उपत्यकामा सवारीमा अाजदेखि जोर बिजोर प्रणाली लागू, ट्राफिक प्रहरी पनि थपिए

मंसिर १३, २०७५
उपत्यकामा सवारीमा अाजदेखि जोर बिजोर प्रणाली लागू, ट्राफिक प्रहरी पनि थपिए
सन्दर्भ तस्वीर

काठमाडाैं-  महानगरीय ट्राफिक प्रहरी महाशाखाले एसिया प्रशान्त सम्मेलनलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकामा ट्राफिक जनशक्ति थप गरेको छ । महाशाखाले सम्मेलनमा आउने अतिविशिष्ट तथा विशिष्ट पाहुनाको आगमनलाई ध्यानमा राखेर देशभरका विभिन्न जिल्लाबाट १५० जनशक्ति थप गरेको हो । 

महाशाखाका प्रमुख वसन्तकुमार पन्तले अतिविशिष्ट र विशिष्ट व्यक्तिको सवारी आगमनलाई व्यवस्थित बनाउन जनशक्ति थप गरिएको जानकारी दिए ।

यस्तै महाशाखाले गृह मन्त्रालयको निर्देशनअनुसार उपत्यकामा चल्न सवारीसाधनमा मङ्सिर १३ देखि १६ गतेसम्म जोर बिजोर प्रणालीसमेत लागू गरेको छ ।

महाशाखाका अनुसार १३ र १५ गते बिजोर तथा १४ र १६ गते जोर नम्बरका सवारी साधन चल्न पाउनेछन् । अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारीसाधनमा भने जोर बिजोर प्रणाली लागू नहुने महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्