
पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनामा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवावाटरमा मन्त्रिपरिषद्को आकस्मिक बैठक आज ३ बोलाइएको हो ।
पर्यटनमन्त्री अधिकारीसहित ६ जना सवार एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङको पाथीभरा मन्दिर नजिकै दुर्घटनामा परेको हो ।
हेलिकप्टरमा मन्त्री अधिकारीसहित ६ जना सवार रहेको बताइएको छ ।