
मन्त्रिपरिषद् बैठक शुरू भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सिंहदरबारमा शुक्रबार दिउँसो बैठक बसेको हो ।
सुधन गुरुङ दोस्रोपटक गृहमन्त्री बनेपछिको यो पहिलो मन्त्रिपरिषद् बैठक हो ।
गुरुङसँगै महावीर पुन पनि मन्त्री नियुक्त भएका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ २६ गते मंगलबार गृहमन्त्री गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।