
काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी मन्त्री अधिकारी सहित ६ जनाको निधन भएको छ ।
घटनास्थल ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर १० सिस्नेमा पर्छ । प्रत्यक्षदर्शी जगत कार्कीले लोकान्तरलाई बताएअनुसार हेलिकप्टर भीरमा ठोक्किएर खसेको हो ।
‘पहिले भीरमा ठोक्किएर खस्यो, अनि बल्न थाल्यो,’ प्रत्यक्षदर्शी कार्कीले भने, ‘अहिले पनि आगो लागिरहेको छ ।’
उनले घटनास्थलमा अहिलेसम्म कोही नपुगेको बताए ।
‘एउटा हेलिकप्टरले माथिबाट हेरेर गयो, अरु कोही आएको छैन,’ उनले भने ।